नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोको एक आवासीय क्षेत्रमा भएको बिष्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका छन् । राज्यका गभर्नर सेई माकिन्देले यसबारेमा जानकारी दिनुभएको हो । बिष्फोटमा घाइते भएका ७७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको बताइएको छ । ओयोको राजधानी इबादान जिल्लाको बोडिजामा रहेको एक निजी निवासमा बिष्फोट भएको थियो । बोडिजाको एउटा घरमा गैरकानूनी रुपमा बिष्फोटक उपकरणहरू भण्डारण गरेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार बिष्फोटका कारण धेरै भवनहरु ध्वस्त भएका छन् ।
https://www.facebook.com/darpantelevision/videos/1444463206104483