देवदह नगरपालिका ९ बाघकुमार दुर्गा मन्दिरमा यहि माघ १७ गतेदेखि संचालन भैरहेको श्रीमद्भागवत धन धान्याचल ज्ञान महायज्ञ तथा श्रीङ्गारिक महाआरती आइपुग्दा आयोजकले एघार लाख तीस हजार तीनसय दश रुपैया संकलन गरेकोछ ।
मठ मन्दिर तथा हिन्दु धर्म हराउदै गएको हुदा प्रचारप्रसार गर्र्नुका साथै यस्ता महायज्ञ आवश्यक रहेको महायज्ञका प्रमुख अतिथि पुर्व संविधान सभा तथा पुर्वराज्य मन्त्री अब्दुल रज्जाकले यस्ता कुरा बताउनु भयो । सोही कार्यक्रममा बोल्दै रज्जाकले विकासको काम गर्न सधै अगाडी रहेको र मन्दिरको लागि सहयोग गर्ने प्रतिद्धता रहेको जनाउनु भयो ।
करिब २०२७ सालबाट बनपाटीले बारेर पुजा सञ्चालन हुदै आएको र अहिले भएको भौतिक मन्दिर जिर्ण भएको हुदा ईतिहास बोकेको मन्दिरलाई व्यवस्थित ढंगले भोैतिक विकास, अक्षकोष स्थापना तथा देशकै अग्लो मोैलो र मुख्य गेटमा २ वटा बाघ को शालिक बनाउने उदेश्य सहित महायज्ञ संचालन गरिएको मेलाका संरक्षक महोन जिसीले बताउनु भयो ।
माघ २३ गते सम्म संचालन हुने महायज्ञ सम्पन्न गर्नका लागि ६० लाख खर्च लाग्ने अनुमान गरिएको छ भने १ करोड रकम संकलन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।