About Contact
०७ पौष २०८१, आइतबार
Close
बिज्ञापन
गण्डकी कृषि विकास निर्देशनालयका निमित्त कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध आरोप पत्र दायर

दर्पण पोष्ट मंगलबार, चैत्र २७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।

अख्तियारले जिल्ला स्याङ्गजा, गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेर २८ लाख ३७ हजार २१७ अनियमितता गरेको आरोप लगाउदै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

आरोप पत्र दायर गरिएकामा कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, कृषि इन्जिनियर विश्वनाथ पौडेल, कृषि अर्थविज्ञ भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपने, सचिव परसुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ तथा स्याङ्जाको गल्याङ-३ बस्ने श्रीप्रसाद श्रेष्ठ रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सशस्त्र प्रहरीद्घारा सुस्तामा निशुल्क स्वास्थ्य शिविर 
लुम्बिनीका २ वटा विद्युतीय बसको परीक्षण सञ्चालन शुरु, दानपेटिका राखेर सञ्चालन

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com