About Contact
०७ पौष २०८१, आइतबार
Close
बिज्ञापन
सार्बजनिक सम्पति तोडफोड गरे सबन्धित दलसँग असुली गरिने, बिल पठाइदैँ

दर्पण पोष्ट शुक्रबार, चैत्र ३०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । सरकारले आन्दोलनको क्रममा भएका सार्बजनिक सम्पतिमा क्षति भएका असुली गर्ने भएको छ ।

 

उपप्रधानमन्त्री तथा गृह मन्त्री रवी लामिछानेका अनुसार यसरी सार्बजनिक सम्पतिमा क्षति गर्ने जो सुकै ब्यक्ति, संस्था र दललाइ बिल पठाएर असुली गरिने भएको हो ।

‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन,’ गृह मन्त्री लामिछानेल भनेका छन, ‘त्यसैले आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल) लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ।’

उनले यसबारेमा अगाडी भनेका छन, ‘मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ।’

 

साथै, गृह मन्त्रालयले माइतीघर र बानेश्वर क्षेत्रलाइ यसअघि गरिएको निषेधित क्षेत्र घोषणा फिर्ता लिएको छ भने ठमेल र दरबारमार्गलाइ २४ घन्टा नै खुल्ला गर्ने निर्णय पनि भएको जनाएको छ ।

 

‘काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको छ,’ गृह मन्त्री लामिछानेले जानकारी दिदैँ भने, ‘ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै  २४ सै घण्टा खुल्दै छ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनीका २ वटा विद्युतीय बसको परीक्षण सञ्चालन शुरु, दानपेटिका राखेर सञ्चालन
उपाध्यक्ष डा लामाको पहलमा लुम्बिनी विहार र होटल व्यवसायीको बिचको विवाद समाधान

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com