सुनवल । नवलपरासीको सुनवल नगरपालिकामा पार्ने खोलाहरुमा राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन भएको पाइएको छ । रातदिन मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको छ । अहिले हरेकजसो खोलामा एस्काभेटर, जेसिवी र टिप्परको लाइन देखिन्छ । ती सबै अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गर्न आएका हुन् । जिल्लाको सुनवल नगरपालिकाले राष्ट्रिय गौरवका आयोजनाका नाममा तुरिया खोला, बिसासय खोला, बडेरा खोला लाई अमानतको नाममा बिचौलियाहरुलाई जिम्मा दिइएको पाइन्छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) प्रतिवेदनअनुसार ती नदीहरुमा नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का लगाइएको भए पनि ती स्थानमा मेसिनको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । रातदिन धमाधम एस्काभेटर, जेसिवी र टिप्परहरुले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेका छन । ती नदीहरुमा करीब सयौ टिप्परको लाइन दिनहुँ नै देखिने गरेको छ ।
स्थानीय निकायहरुले नदी अमानत दिँदा मेसिनको प्रयोग गर्ने नदिजन्य पदार्थ उठाउने सम्झौता गरिएको थियो तर एस्काभेटरले जातततै नदीमा उत्खनन गरेको पाइएको छ ।
अवैध उत्खननले सिँचाइ कुलोहरू समेत भासिन थालेको स्थानीय किसानको गुनासो छ । नदीको बहाव अर्कैतिर मोडिएर गाउँबस्ती जोखिममा पर्नाका साथै खेतीयोग्य जमीनसमेत जोखिममा परेको स्थानीयवासी बताउछन । जथाभावी मेसिन प्रयोग हुँदा नदी अर्कैतिर जाने र यसका कारण वर्षायाममा नदी गाउँमा पस्ने जोखिम बढेको स्थानियको भनाइ छ ।
आयोजनालाई नगरले अमानतको नामामा खोला त जिम्मा दिइएकोछ तर बिचौलियहरुले ढुवानीको जिम्मा पाएकोले आफनै घाटगद्दिमा लाएको पाईएको छ । यति सम्मा छ कि ब्यतिmको नाममा समेत रसिद काटेको पाइएको छ । यस बिषयमा अनुगमानकारी निकाय मौन छ ।