About Contact
०७ पौष २०८१, आइतबार
Close
बिज्ञापन
देवदह संचार डाइरेक्टरी विमोचन

दर्पण पोष्ट आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

 देवदह । देवदह प्रेस क्लबद्वारा प्रकाशित देवदह संचार डाइरेक्टरी विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमबीच रूपन्देही क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले डाइरेक्टरीको विमोचन गरे । बुद्ध पुर्णिमाको अवसरमा आयोजित चियापान तथा संचार डाइरेक्टरी विमोचन कार्यक्रममा बोल्दै सांसद विश्वकर्माले सबै क्षेत्रमा अराजकता बढ्दै गएकोले संचार माध्यमले स्वस्थ आलोचना सहित सकारात्मक दृष्टिकोण निर्माणमा भूमिका खेल्नुपर्ने बताए । समाजलाई सहि दिशा देखाउने कार्यमा संचारमाध्यमले सधै सकारात्मक भूमिका खेल्दै आएको उल्लेख गर्दै नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका सांसद विश्वकर्माले परिवर्तन, मानव अधिकार र स्वतन्त्रताको लागि नेपाली मिडियाले सधै पैरवी गर्दै आएको बताए ।

“देख्दा सामान्य लाग्छ तर संचार माध्यममा आउने हरेक समाचारले नागरिकको दृष्टिकोण निर्माणमा भूमिका खेलिरहेको हुन्छ, त्यसैले संचार माध्यमले जिम्मेवार भएर काम गर्यो भने सबैखाले अराजकताको अन्त्य हुने र समाज अगाडि बढ्ने कार्यमा सहयोग पुग्छ भन्ने मलाई लाग्दछ” उनले भने । कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङले राज्यले गरेका गल्ती औल्याइदिने र जानी-नजानी भएका कमजोरी सच्याउन मिडियाले दिने दवाव महत्वपुर्ण हुने बताइन् ।

आफूहरू पनि सबै जानेर जनप्रतिनिधि नभएको उल्लेख गर्दै उनले सबैको सुझाब र सहयोगमा देवदह नगरपालिकाले कार्य सम्पादन गर्दै आएको बताइन् । लुम्बिनी विकास कोषका कोषाध्यक्ष समेत रहेका देवदह प्रेस क्लबका सल्लाहकार सिद्धिचरण भट्टराईले धेरै संचारमाध्यम बनाउनुभन्दा भएका संचार माध्यमलाई व्यवस्थित तरिकाले संचालन गर्न आवश्यक रहेको बताए ।

हस्तलिखित भित्तेपत्रिका मार्फत देवदहमा पत्रकारिताको जग बसालेका अग्रज पत्रकार भट्टराईले मिडियाले आफ्नो कन्टेन्टलाई कसरी क्वालिटीयुक्त बनाउने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले स्थानीयस्तरबाट संचालित संचार माध्यमको विकासमा नगरपालिकाले ध्यानदिने विचार व्यक्त गरे ।

देवदह संचार डाइरेक्टरी प्रकाशन र यसको आवश्यकताबारे प्रष्ट पार्दै प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले पत्रकार आचारसंहिता सहितको संचार डाइरेक्टरीले आम नागरिकलाई संचार माध्यम, सरकारी कार्यालय र सामाजिक संघसंस्थासंग जोडिन सहयोग पुर्याउने बताए । उनले स्थानीय संचारमाध्यमको विकास र पत्रकारहरूको क्षमता अभिवृद्धिका कार्यक्रम अन्तरगत नै डाइरेक्टरी प्रकाशन गरिएको धारणा राखे । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सशस्त्र प्रहरीद्घारा सुस्तामा निशुल्क स्वास्थ्य शिविर 
लुम्बिनीका २ वटा विद्युतीय बसको परीक्षण सञ्चालन शुरु, दानपेटिका राखेर सञ्चालन

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com