नवलपरासी । समाजमा बर्षेनी बाढीको पिढा भोग्दै आएका छन् । बर्षाको समयमा बाढि संग जुधी रहेको स्थानियको कुरा सुने कोहि भएन् । खोला नालाहरुले नदिजन्य पदार्थको व्यवस्थीत र घाटगद्वी गरि नियमन गर्न ठेक्का वन्दोवस्तको जिम्मा लिएका ठेकेदारहरुबाट भएको अप्राकृतिक एवं अवैध उत्खनन्को पिडा सुनवल नगरपालिकाका स्थानियहरुले भोगी रहेका छन् ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित बिभिन्न खोला—नदिहरुमा अहिले ठुला उपकरण जेसिभि, हेक्साभेटर प्रयोग गरि अबैध उत्खनन् गर्ने कार्य तिभ्र गतिमा भइरहेको छ । हुन त यो खोलाको अवैध दोहन गर्ने कार्य यस वर्ष मात्र भइरहेको भने होईन प्रत्येक वर्ष यसरी नै ठेकेदारले सम्वन्धीत निकाय संग सेटीङ्ग मिलाउछन् र प्राकृतीक सम्पदाको अवैध अनि चरणरुपमा दोहन गर्दै आइरहेका छन ।
ठेकेदारको नाम धारण गरेका खोला दोहन माफियासंग प्रत्येक वर्ष झै अहिले पनि जुधि रहेको छ सुनवल नगरपालिका अन्र्तरगत पर्ने तुरिया, भुमहि, पानभार, बिसासय खोला, मध्य तुरिया र भुमहि खोला गौरभको योजन भनेर बुटवल नारायणघाट सडक र गौतमबुद्घ बिमानस्थालको लागी चाइना कन्ट्क्सान र आशिष क्षमादेबी बुद्घ हिमाली जे.भी लाई अमानातको नाममा जिम्मा नगरपालिकाले दियो तर ति खोला माफियाको हातमा पुगेको छ । चाइना कन्ट्क्सानले देव मगरलाई ढुवानीको जिम्मा दिइको छ तर मगरले भने कमिशनको करणले स्थानिय खोला माफियाको सेटिङ्गमा अबैधरुपमा डामफिङ्घ गरिरहेका छन् ।
कहाँ छ त अवैध डामफिङ्घ ?
सुनवल नगरपालिकाले तुरिया खोलाको नदिजन्य पदार्थ चाइना कन्ट्क्सानको केस्रर र केस्ररको पुर्व तुरिया खोलाको किनारमा डामफिङ्घ गर्न अनुमाती दिईएको छ तर मगरले सबै प्रशासनलाई आर्थिक प्रलोभलमा परी अवैध तरिकाबाट माछारमाराको उतरी जगंलमा, रमवापुर, तुरिया खोलाको किनरामा, डामफिङ्घ गरेको पाहिन्छ भने उत भुमही खोलको नदिजन्य पदार्थ गौतमबुद्घ बिमानस्थालको लागी आशिष क्षमादेबी बुद्घ हिमाली जे.भी लाई अमानात रामग्राम नगरपालिकाको वडा नः ११ को तीन स्थानमा डामफिङ्घ गर्न अनुमाती सुनवल नगरपालिकाले दिईएको छ तर रामग्राम १२ मा पर्ने जिल्ला कारागर अगाडी , दाउन्ने फलोर मिल अगाडी अवैध डामफिङ्घ गरिरहेको छ । यस बिषयमा सुनवल नगरपालिकाको खोला समंयोजक कमल प्रुसाद चुवाई खोलाको बिषयमा म संग केही कुरा नगरे हुन्छ भने तोकेको स्थानबाट अन्यात्र डामफिङ्घ गरेमा स्टाक प्रमाणित नगर्ने बताए ।
ठकेदारहरुले सेटीङ्ग मिलाएर मेसीन उपकरणबाट अवैध उत्खनन गर्ने योजना नै बनाएर ठेक्का हाल्ने गरेको देखिन्छ । प्रत्येक वर्ष हुने खोला ठेक्का प्रकृयामा सुनवल नगरपालीका, जिल्ला समन्वय समिती स्थानीय राजनितिक दलका नेता, स्थानीय प्रहरी, स्थानीय प्रशासन, बन कार्यालयल लगायतका निकायलाई आर्थिक प्रलोभनमा पारी खोलामा मेसीनको प्रयोग गरी अबैध उत्खनन गरि डामफिङ्घ गरिरहेका छन जहा कुनै पनि मापडण्ड पालना गरिएको पाइदैन ।
अहिलेको समयमा राजनितिको माला जपाने जनप्रतिनिधी त झनै राम्रो अवसर जुटेको ठानेका छन यी खोलाबाट रातारात लाखौ कमाउने सपना पालेका ठकेदार समुह राज्यका नियामक सबै अंगहरु माला जपाने बिभिन्न वाहानामा रात दिन जेसिभि, एक्साभेटरबाट अवैध उत्खन्न तथा अवैध स्टक गर्नमा तल्लीन सक्रिय देखिन्छन यो प्रकृतिक अवैध दोहन गिरोह सुनवल नगरपालीका स्थित भुमहि खोलाको ठेक्का इन्देणी केस्रर प्रा.लिले प्रशासन संग उठवस गरेका समुहले नै अवैध उत्खनन्नको नेतृत्व गरिरहेको छ । यसरी आँखा मात्र चिम्लीदिए र भागवण्डाको रकम सजिलै आउने हुदाँ प्रहरी प्रशासन लगायतका अन्य नियामक निकाय पूणर्रुपमा मौन रहि कर्तव्य भन्दा पनि अवसरको फाइदा उठाउने पक्षमा देखिन्छन ।
अवैध खोला दोहन हुदाँ प्रत्यक्ष असर र प्रभावको चपेटामा पर्ने स्थानीय समुदाय समेत मौन देखिएका छन अन्तत्वः स्थानीयवासी देखि नगरपालीका, प्रहरी प्रशासन, वन कार्यालय, चुरे संरक्षण समिति, जिल्ला समन्वय समिति लगायतका नियामक अधिकार राख्ने सम्पूर्ण सम्यन्त्रहरुको अगाडीबाट ठेकेदार नामको माफियातन्त्रले यो प्राकृति सम्पन्दा माथी खुलेआम गरिरहेको चिरहरण रोक्ने दायीत्व कस्को हो ? जवाफ दिने निकाय कुन हो ? यो प्रकृतिले हामी संग गरिरहेको आजको टट्कारो प्रश्न हो ? यसै विच पेट पाल्नैका निम्ती खोलालाई आधार बनाएका केही स्थानीय व्यक्तिहरुले यसरी हातले गिटी वालुवा चालेर दैनिक गुजारा चलाउने वर्ग पनि खोलामा भेटीन्छन । यिनीहरुले सोचिरहेका छन हामी नियम परिधि भित्र रहि एक टीपर खोलाजन्य सामाग्री जम्मा गर्न वटुल्न १ हप्ता लाग्छ तर राज्यको सिपाहीका खोल लगाएका मतियारहरुसंग साठगाठ गर्ने ठेकेदारहरु १ मिनेटमै अप्राकृतिक उत्खनन् गरि सवैलाई कमिसन पुर्याउदै रमाइरहेका छन आज यसरी दिन दहडै खोलको चिरहरण हुदाँ नगर प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन, जिल्ला समन्वय समिती, जिल्ला वन र स्थानीय राजनितिक दलका नेता सबै चुपचाप बस्नुको पछाडी ठुलै आर्थिक प्रलोभनमा पारिएको देखिन्छ ।
राज्यको श्रोत दोहन गरिरहेका छन, सक्नेलाइ होईन, नसक्ने र हामि जस्ता निर्धालाई हो कानुन, धिक्कार्दै छन राज्य व्यवस्था प्रणालीलाई, धेरै जसो नदिजन्य पदार्थ अबैध रूपमा डम्फिङ भएको पाहिन्छ भने ईलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन, सुनवल नगरपालिका र जिल्ला समन्वय समिती सबैको मिलोमतो देखिएको स्थानीय युवराज ढकालले बताउछन् ।