About Contact
०६ पौष २०८१, शनिबार
Close
बिज्ञापन
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा

टंक सुनार आइतबार, साउन ०६, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

बुटवल, साउन ६ ।

केन्द्रीय सत्ता समिकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले संसदमा राजीनामा दिएका छन् । आईतबार बसेको प्रदेशसभा बैठकमा नेकपा माओेवादी संसदीय दलका नेता महराले पदबाट राजीनामा दिएका हुन । महराले संसदबाट सभामुख, मन्त्रिपरिषदका सदस्य, प्रदेशसभा सदस्य र कर्मचारीहरुलाई समेत धन्यावाद दिदैं आफुहरु सशक्त प्रतिपक्षको भूमिकामा उभिने प्रतिबद्धता सहित पदबाट राजीनामा दिएका हुन् ।

सत्ता साझेदार दल नेकपा एमालेले काँग्रेससँग गठबन्धन गरेपछि महरा अल्पमतमा परेका थिए । राजीनामा अघि संसदमा बोल्दै महराले ठूलो पार्टीले सरकारको नेतृत्व गर्न असफल भएपछि नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको बताए । उनले काँग्रेस र एमाले दुवै दलहरु असफल भएको बताए ।

महराको राजीनामासँगै एमाले संसदीय दलका नेता लिला गिरी अब छैटौं मुख्यमन्त्री हुने भएका छन । एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा गिरीलाई अगाडि बढाउने सहमति समेत गरिसकेका छन । एमालेको जिम्मामा परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री गिरीलाई बनाउने निर्णय भएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । दुबै दलको तर्फबाट मुख्यमन्त्रीमा गिरीलाई नियुक्तिको लागि प्रदेश प्रमुख सक्षम आईबार नै दावी पेश गर्ने बताए ।

एमाले सहित ५ दलका ४८ सांसदहरुको समर्थनमा चैत २३ मा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । चैत २५ मा सपथ लिएका उनले चैत ३० गते विश्वासको मत लिएका थिए । महराले तीन महिनामा सत्ता छाड्नुपरेको हो । ८७ सदस्यीय प्रदेशसभामा एमालेका २९ र नेपाली काँग्रेसका २७ सांसद गरी ५६ सांसद हुन्छन् । सरकार निर्माणका लागि ४४ भए पुग्छ ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनीका २ वटा विद्युतीय बसको परीक्षण सञ्चालन शुरु, दानपेटिका राखेर सञ्चालन
उपाध्यक्ष डा लामाको पहलमा लुम्बिनी विहार र होटल व्यवसायीको बिचको विवाद समाधान

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com