उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरु बनाइरहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारले मन्त्री अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरु बनाइरहेको बताउनु भयो । उहाँले आम नेपालीको अपेक्षालाई मूर्त रुप दिन वर्तमान सरकार बनेको जिकिर गर्नुभयो । उहाँले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रुपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताउनु भयो । उहाँले आफूहरु पदमा गएर झण्डा फर्फराएर, आनन्द लिनका लागि राजनीतिमा नलागेको भन्दै देशको अवस्थालाई राम्रोसँग बुझेर भएका अफ्ठ्यारा पन्छाएर जनतालाई राहत दिन अघि बढिरहेको बताउनु भयो । उहाँले परिवर्तनको महशुस हुनेगरी काम गर्न सबैको सद्भाव आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले खासगरी अर्थतन्त्रमा नैराश्यता मन्दी जस्तो भइरहेको थियो, त्यसलाई चिर्न, कार्यक्रम,नीतिहरु अघि बढाउनेछौँ । त्यतिमात्रै नभइकन यो अहिलेको सरकार देशमा आफूले मेहनत गरेर काम गर्ने वातावरण बनाइदिन आम नेपालीको भनाइलाई मूर्त रुप दिन सरकारले सकेको प्रयास गरिरहेको छ । देशको अर्थतन्त्रमा सुधार ल्याउन पनि सामाजिक रुपमा हुनुपर्ने काममा बाधा अड्चन सबैलाई हटाउन, देशमा भइरहेको सुशासन हुने ठाउँमा हुन नसकेको त्यसलाई सुशासन महशुस गराउन यो भन्दा अगाडिको परिस्थितिमा जुन अवस्थामा गइरहेको थियो, त्यो भन्दा राम्रो गर्न यो सरकारले काम गर्छ । तपाईहरुकै कारणले मन्त्री, उपप्रधानमन्त्री, माननीय बनेका छौँ । तर एउटा कुरा के ख्याल गर्नुस् भने प्रथम संविधान सभामा पनि पठाएको हो, त्यसमा संविधान नबनाइ विघटन भयो, संविधान बन्दा त म उपप्रधानमन्त्री नै थिएँ नि । हामी पदमा गएर झण्डा फर्फराएर, आनन्द लिनका लागि राजनीतिमा लागेका होइनौँ । देशको अवस्थालाई राम्रोसँग बुझेर त्यसलाई राम्रो गर्नका लागि, अफ्ठ्यारा हटाएर, पन्छाएर जनतालाई राहत दिन अघि बढिरहेका छाँै । परिवर्तनको महशुस हुनेगरी काम गर्न सबैको सद्भाव रहनेछ ।’
उपप्रधानमन्त्री सिंहले काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रको विकास निर्माणका काममा प्रभावाकारीताका साथ अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । वर्तमान सरकार सरकार नै राम्रोसँग नटिक्ने जनताको गुनासोपछि संसदको सबैभन्दा ठूलो दल काँग्रेस र एमाले मिलेर सरकार गठन गरेको बताउनु भयो । वर्तमान सरकार वर्षौंसम्म चल्ने पनि बताउनु भयो ।