दक्षिण कोरियाली शान्ति समूहहरूले संयुक्त राज्य अमेरिकासँग देशको संयुक्त सैन्य अभ्यासको बिरूद्ध बिरोध ¥याली निकालेका छन् । जसले कोरियाली प्रायद्वीप र वरपर टकराव र युद्धको संकट बढाएको छ । कोरियाको शान्ति र पुनर्मिलनका लागि नागरिक समूह सोलिडारिटी (स्पार्क) का प्रदर्शनकारीहरू प्रायद्वीपमा शान्तिको लागि आह्वान गर्न सियोलमा राष्ट्रपति कार्यालय नजिक भेला भएका थिए । आणविक टकरावलाई तीव्र बनाउने र युद्ध संकटलाई प्रोत्साहन गर्ने अभ्यास बन्द गर, (दक्षिण) कोरिया–अमेरिका–जापान गठबन्धन निर्माण गर्न बन्द गर भन्ने नारासहितका ब्यानर र प्लेकार्डहरू देखाएर बिरोध जनाएका थिए ।