About Contact
१२ पौष २०८१, शुक्रबार
Close
बिज्ञापन
पर्यटनमन्त्रीले पाण्डेले गरे लुम्बिनी भ्रमण

गौतमबुद्धको भूमिका टेक्न पाउदा निकै उत्प्रेरित बनेको भनाई

टंक सुनार शनिबार, भाद्र १५, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

भदौ १५ । संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्री एव्म लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । पर्यटन मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका मन्त्री पाण्डेयले मायादेवी मन्दिर, मार्कर स्टोन, अशोक स्तम्भ, पुष्पकरणी पोखरीसँगै शान्ति दीप, थाई विहार, जर्मन मन्दिरको समेत भ्रमण गरे । भ्रमणका क्रममा मन्त्री पाण्डेयले पुरातात्विक महत्व, धार्मिक पक्ष तथा सम्पदा संरक्षका बिषयमा चासो राखेका थिए । उक्त अवसरमा उपाध्यक्ष डा। लामाले लुम्बिनीको पछिल्ला दिनमा भएका काम लगायतका बिषयमा जानकारी गराए भने कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले बुद्धजन्मस्थलका पुरातात्विक महत्व, लुम्बिनी गुरुयोजना लगायतका बिषयमा जानकारी दिए ।

भ्रमणपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री पाण्डेले विश्वभरका मानवलाई सतमार्ग र सदचारमा हिडाउने गौतमबुद्धको भूमिका टेक्न पाउदा निकै उत्प्रेरित बनेको बताए । उनले बुद्धभूमिबाट शान्ति र सहकार्यको सन्देश फैलाउने गरी काम गर्नुपर्ने बताए । मन्त्री पाण्डेले लुम्बिनीबाट विश्वमा बुद्धको सत्मार्ग र सदाचारको सन्देश दिनुपर्ने बताउँदै यसका लागि लुम्बिनी विकास कोषसँगै समुदाय, पर्यटन व्यवसायी र लुम्बिनीमा रहेका गुम्बा विहारहरुका विच एकता आवश्यक रहेको बताए ।

उनले परिषद बैठकका सन्दर्भममा स्थानीयहरुका माग र गुनासाहरुको समेत सुनुवाई गरेको बताउँदै अब सबै पक्ष मिलेर पृथ्वीको एउटा कुनाबाट बुद्धको सन्देश फैलाउनुपर्नेमा जोड दिए । ‘लुम्बिनी संस्कृतीको प्रतिक हो, सगरमाथा प्रकृतिको शिखर हो’ मन्त्री पाण्डेयले भने –‘मन्त्रालयले यी दुवैलाई जोडेर काम गर्ने योजना अघि सार्नेछ ।’ उनले साँस्कृतिक दृष्टिले उत्कृष्ट स्थल लुम्बिनी र प्रकृतीले सर्वोच्च शिखर सगरमाथालाई जोडे्र पर्यटक आर्कषित गर्न सकिने बताए । मन्त्री पाण्डेले दीप प्रज्वलन समेत गरे । भ्रमणका क्रममा मन्त्रालयका सचिव सहित कोषका पदाधिकारी, बोर्ड सदस्यहरुको उपस्थिती थियो ।

सम्बन्धित

ताजा अपडेट
दोस्रो देवदह मिडिया फेस्टिवल सुरु
सशस्त्र प्रहरीद्घारा सुस्तामा निशुल्क स्वास्थ्य शिविर 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com