भाद्र १५ । नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा चाँदनी ज्वेलर्स बुटवल, बि.पि पथले तीजमिलन तथा दर खानो कार्यक्रम सम्पन्न गरेको छ ।
आफ्ना सम्पूर्ण महिला ग्राहकहरुलाई निम्तो गरी ज्वेलर्सले गत बिहीबार तीजमिलनसंगै दर खुवाएको छ । बुटवल –११ कालिकानगरस्थ्ति दियालो फुडल्याण्डमा आयोजित उक्त कार्यक्रममा करिब दुई सय जना महिलाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कलाकारहरु उज्जवल गिरी, विष्णु श्रीपाली, मन्जु भट्टराई लगायका सांगितिक प्रस्तुती समेत रहेको थियो । उक्त कार्यक्रममा कलाकारहरुले मौलिक तीज भाका आफै मादल बजाएर दर्शकहरुलाई मनोरन्जन गरेका थिए ।
कार्यक्रम आयोजक संस्थाका प्रोपाईटर हिरा मल्लले आफ्ना ग्राहकहरुवीचमा आत्मीयता साटासाट गर्नुका साथै सम्वन्ध सुमधुर बनाउने उदेश्यका साथ यो तीजमिलन कार्यक्रम गरिएको जानकारी दिए । आगामी वर्षहरुमा यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । कार्यक्रम ज्वेलर्सकी प्रोपाइटर रीता लामा तामा·को अध्यक्षता,लालमाया मल्लको प्रमुख आतिथ्यता, सुसना मल्लको स्वागत भाषण र उज्जवल गिरीको संचालनमा सम्पन्न भएको थियो ।