भदाै १८ । माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थ मन्त्री वर्षमान पुनले जनपक्षीय काम गरेका कारण प्रचण्ड नेतृत्वकाे सरकार ढालिएकाे बताएका छन । भैरहवामा अखिल (क्रान्तिकारी) रूपन्देहीकाे २३ औं जिल्ला सम्मेलन उद्घाटन गर्दै सरकारले जनताकाे पक्षमा काम गर्न थालेपछि सरकार ढाल्ने याेजना बनेकाे बताए । सरकारले सुशासनको क्षेत्रमा उल्लेख्य काम गरेकाे स्मरण गर्दै नेता पुनले भुटानी शरणार्थी लगायतका ठुला काण्डहरूकाे छानबिन गरेर दाेषीलाई कार्वाही गर्न थालेपछि काँग्रेस एमाले आत्तिएर सरकार ढालेकाे आराेप लगाए । “सरकार किन ढालियाे सबैलाई थाहा नै छ हामीले चाह्याैँ भने सरकार फेर्न सक्छाैँ तर हामी सरकार फेर्ने पक्षमा छैनाैँ हाम्राे ध्यान संगठन निर्माणमा छ” उनले भने ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणि खनालले दस बर्षे जनयुद्ध पृथ्वीनारायण शाहले गरेकाे राज्य एकीकरण पश्चात् ठुलाे घटना भएकाे बताए । जनयुद्धका कारण महिला दलित लगायत पछाडि पारिएकाे बर्ग क्षेत्र र समुदाय राज्यकाे मूल प्रवाहमा पुग्न सकेकाे बताए । वर्तमान संविधान जनयुद्धकै दस्तावेजिकरण भएकाे उनकाे भनाइ छ । जनयुद्धकाे दस्तावेजलाई पाठ्यक्रममा उल्लेख गर्ने जिम्मा अखिल क्रान्तिकारीकाे भएकाे बताउँदै नेता खनालले अन्यथा पछिल्लाे पुस्ताले जनयुद्धलाई गालि गर्ने बताए । विद्यार्थी आन्दाेलनलाई उत्पादन संग जाेड्न आग्रह गर्दै दैनिक सयाैँकाे संख्यामा वाहिरिने विद्यार्थीलाई राेक्ने मार्गमा अग्रसर हुन सुझाए ।