भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीमा चाैथाे बृहत् अन्तर्राष्ट्रिय शुन्य रिट्रिट सम्पन्न भएकाे छ । सुन्यात्य अन्तर्राष्ट्रिय प्रतिष्ठानकाे आयाेजनमा अन्तर्राष्ट्रिय सभाहलमा कार्यक्रम भएकाे हाे । भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बाेधन गर्दै फाउन्डेसनका प्रमुख डा.लिम सिउ जीनले शान्तिका लागि ध्यान आवश्यक भएकाे बताए । उनले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि दैनिक जीवन सरल बनाउनु आवश्यक भएकाे बताए । डा.राजेश साभेराले शान्ति र सम्बृद्धिका लागि कार्यक्रमकाे आयाेजना गरिएकाे बताए । नेपाल भारत लगायत देशहरूमा निरन्तर कार्यक्रम गर्दै आइरहेकाे बताउँदै उनले कार्यक्रमले मनाेचिकित्सकिय काम पनि गर्ने जानकारी दिए । कार्यक्रममा नेपाल भारत लगायत देशहरूबाट करिब चार हजार मानिसहरूकाे सहभागीता रहेकाे थियाे ।