About Contact
०६ पौष २०८१, शनिबार
Close
बिज्ञापन
पार्टीकाे झण्डा ओढाएर स्वर्गीय कार्कीकाे अन्तिम विदाइ

दर्पण पोष्ट आइतबार, आश्विन १३, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

स्वर्गीय अग्रज पत्रकार कर्ण बहादुर कार्कीकाे कम्युनिस्ट झण्डा ओढाएर अन्तिम विदाई गरिएकाे छ । वामपन्थी आन्दाेलनमा पत्रकारीताकाे माध्यमबाट महत्वपूर्ण भुमिका खेलेका कार्कीकाे पार्थिव शरिरमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेवले पार्टीकाे झण्डा ओढाएर अन्तिम विदाई गरेका हुन । उनले स्वर्गीय कार्कीले दशबर्षे जनयुद्धमा पुर्याएकाे याेगदानकाे स्मरण गरे । माओवादी केन्द्रका रूपन्देही संयाेजक नारायण जिसि निर्मलले कार्कीकाे निधनले वामपन्थी आन्दाेलनलाई अपुरणीय क्षति पुगेकाे बताए ।

२ वर्षदेखि मृगौलाकाे उपचार गरिरहेका कार्कीकाे ७० बर्षकाे उमेरमा शनिबार पाल्पाकाे तासेन ध्रुवघाटस्थित निवासमा निधन भएकाे हाे । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति, प्रेस स्वतन्त्रता सेनानी समेत रहेका कार्कीले २०३६ सालको जनमत संग्रहपछि पाल्पाबाट पत्रकारिता सुरू गरेका थिए । जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा काम गरेका कार्कीले २०४५ सालमा तत्कालीन जिल्ला प्रशासनले रूपन्देहीमा पत्रिका दर्ता गर्न नदिएपछि नवलपरासीको परासीमा दाई कृष्णबहादुर कार्कीको सहयोगमा दैनिक लुम्बिनी पत्रिका दर्ता गरी प्रकाशन थालेका थिए ।

२०४९ सालमा होमनाथ दाहाल पत्रकार महासंघका अध्यक्ष हुँदा कार्की केन्द्रीय उपाध्यक्ष भएका थिए । हक्की स्वभावका कार्कीले पत्रकारीताकाे माध्यमबाट सामाजिक रूपान्तरणमा महत्वपूर्ण भुमिका खेलेका थिए । स्वर्गीय कार्कीकाे बुटलवलकाे मगरघाटमा अन्त्यष्टि गरिएकाे छ ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनीका २ वटा विद्युतीय बसको परीक्षण सञ्चालन शुरु, दानपेटिका राखेर सञ्चालन
उपाध्यक्ष डा लामाको पहलमा लुम्बिनी विहार र होटल व्यवसायीको बिचको विवाद समाधान

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com