असोज १९ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले चाडपर्व विकृति रहित ढंगले मनाउनु आवश्यक रहेको बताएका छन । पार्टी निकट नेपाल दलित मुक्तिमोर्चा रुपन्देहीको आयोजनामा भएको विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै चाडवाडहरुलाई वैज्ञानिक तवरले मनाउनु पर्नेमा जोड दिएका हुन । चाडपर्वहरुमा संस्कृति भन्दा पनि अबैज्ञानिक पक्षहरु वढी भएको उल्लेख गर्दै यसको सुधार गर्नु पर्ने बताए । विजयादशमीको सुरुवात प्रकृतिक रुपमा भएको स्मरण गर्दै सोही अनुरुप मनाउनु पर्ने बताए । माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य खिम बहादुर बिकले पर्वहरुलाई साँस्कृतिक रुपान्तरणको माध्यमको रुपमा लिनु पर्ने बताए । उनले पर्वहरुलाई सामुहिकतामा जोड दिनु पर्ने बताए ।
पार्टीका वैकल्पिक केन्द्रिय सदस्य किस्मत बिकले छुवाछुत अन्त्यका लागि दलित समुदायहरु एकजुट हुनु पर्ने बताए । उनले सबै समुदाय मिलेर समतामुलक समाज निर्माण गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा माओवादी केन्द्रका रुपन्देही सचिव सन्तकुमार यादव , प्रेस सेन्टर नेपाल लुम्बिनीका बरिस्ठ उपाध्यक्ष रुद्रहरी कुँवर, मोर्चाका रुपन्देही ईन्चार्ज पदम बिक, जिल्ला अध्यक्ष धुर्व लाम्गादे र सचिव छवि नेपालीले बोल्दै चाडवाड भड्कीलो बनाउन नहुने बताए ।