प्यालेस्टिनी समर्थक हजारौं प्रदर्शनकारीहरूले रोममा भेला भएर युद्धको तत्काल अन्त्य र युद्धविरामको लागि आह्वान गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरू दक्षिणी रोमको ओस्टिएन्समा भेला भइ प्रदर्शनमा उत्रिएका हुन् । धेरैले प्यालेस्टाइन र लेबनानी झण्डा बोकेर नारा लगाएका थिए । प्रदर्शनकारीले ¥यालीलाई शहर केन्द्रित र प्रहरी घेराबाहिर सार्न खोज्दा केही प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूलाई कागजको बम र बोतलहरू प्रहार गरे । प्रहरीले पानीको तोप र अश्रु ग्यास प्रहार गरेको थियो । झडपमा करिव ३० कानून प्रवर्तन अधिकारी र तीन प्रदर्शनकारी घाइते भएका छन् ।