लम्बिनी, असाेज २५। लुम्बिनी विकास काेषका उपाध्यक्ष खेन्पाे छिमे छिरिङ (डा.ल्हारक्याल लामा) ले आफुले पहिलाे पटक धर्मदेशना दिएकाे सिन्धुपाल्चोकको उर्गेन छ्योलिङ गुम्बाको उद्घाटन गरेका छन् । २०७२ सालकाे भुकम्पले भत्किएकाे गुम्बाकाे डा.लामाले नै शिलान्यास गरेका थिए । पूननिर्माण पश्चात् महायाना बाैद्ध परम्परा अनुसार मन्त्रपाठ गरेर उद्घाटन गरेका हुन । २८ बर्ष अघि डा.लामाले खेन्पाे उपाधि प्राप्त गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको उपस्थितमा विभिन्न देशका धर्म गुरूहरू र स्थानीयलाई भेला गरेर साेही गुम्बामा धर्मदेशना दिएका थिए ।
उपाध्यक्ष डा. लामाको उक्त पहिलो धर्मदेशाना र प्रवचनबाट प्रभावित भएर साे क्षेत्रका लामागुरुहरुले संघ (लामा छोग्पा) नै स्थापना गरेर धर्मचक्र प्रबर्द्धन धार्मिक जागरण अभियान सञ्चालन गर्दै आइरहेका छन् । भुकम्पका क्षति भएकाे उर्गेन छ्योलिङ सहित करिब एक दर्जन गुम्बाहरूकाे पनि डा .लामाकाे पहलमा नेपाल सरकार र भारतीय दुतावासकाे संयुक्त लगानीमा पूननिर्माण कार्य चलिरहेकाे छ ।
डा.लामा आफैले शिलान्यास गरेर निर्माण सुरुवात भएका अन्य गुम्बाहरुकाे निर्माण पनि अन्तिम चरणमा रहेका छन् । आफ्नो जीवन र आस्था सग जोडिएको गुम्बा पुर्ननिर्माण भए पछि स्थानीयहरुले अपार सुखी व्यक्त गरेका छन् । गुम्बा पूननिर्माणमा पुर्वमन्त्री शेरबहादुर तामाङ, निमा लामा र हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्याेल्माेले विशेष पहल गरेका थिए ।
गुम्बा उद्घाटन कार्यक्रममा उपाध्यक्ष डा. लामालाई सेर्माथाङ, ताहोङसा र ङर्कुका स्थानीयहरुले योल्मो समुदायको सांस्कृतिक भेषमा सज्जिएर (लु) र (स्ह्याब्रु) नाच सहित स्वागत गरेका थिए । उद्घाटन पछि जगतका सम्पूर्ण प्राणीहरुको सुख, शान्ति र समृद्धिको कामन गरि ङोछार संगे मोन्लाम पाठ समेत गरिएको थियो ।
डा.लामाले गुम्बाहरू निर्माण गरेर सयाैँकाे संख्यामा बालबालिकाहरूलाई निशुल्क आवासीय सुविधासहित शिक्षादिक्षाकाे व्यवस्था गर्दै आइरहेका छन् ।