संयुक्त राष्ट्र शान्ति सैनिकहरू लेबनानमा आफ्ना सबै स्थानहरूमा रहने संयुक्त राष्ट्र शान्ति सेना प्रमुखले बताउनुभएको छ । इजरायली अधिकारीहरूले लेबनान र इजरायल बीचको ब्लू लाइनको वरपरका स्थानहरू खाली गर्न आह्वान गरेका थिए । शान्ति कार्यका लागि संयुक्त राष्ट्रका उप–महासचिव जीन पियरे ल्याक्रोइक्सले लेबनानको अवस्थाबारे सुरक्षा परिषद्लाई जानकारी दिएपछि उक्त टिप्पणी गर्नुभएको हो ।
यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमवार ब्लू लाइनमा जारी आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ ।