About Contact
०६ पौष २०८१, शनिबार
Close
बिज्ञापन
रास्वपा सभापति लामिछाने पक्राउ

रवि लामिछानेको आग्रहः राज्यले ममाथि पूर्वाग्रह राख्यो, डटेर सामना गरिदिनुस्

न्युज एजेन्सी नेपाल शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नुभएको छ ।

शुक्रवार साँझ पार्टी कार्यालय वनस्थलीबाट प्रहरीले सहकारी गठीमा लामिछानेलाई पक्राउ गरेको हो । पक्राउअघि पार्टी कार्यालयमा सम्बोधन गर्दै सभापति लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाउनु भयो । उहाँले आफ्नो बचाऊमा डटेर सामना गर्न पनि सबैलाई अपिल गर्नुभयो । आफूलाई आगामी दिनमा चुनाव लड्न नदिने र आफ्नो पार्टी रास्वपालाई पनि फुटाउने नियतका साथ आफूमाथि पूर्वाग्रह साँधिएको सभापति लामिछानेको जिकिर थियो । उहाँले आफू निर्दोेष रहेको र अदालतले आफूमाथि न्याय गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । सभापति लामिछानेले आफूमाथि नेपाली जनताले आशा गरेकाले त्यसलाई पूरा गर्ने आफ्नो अभियानमा साथ दिन पनि सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आम नेपाली नागरिकले सबै कुरा देखेका छन्, बुझेका छन् । म यति एउटा कुरा भन्न चाहन्छु–यदि उनीहरुले जस्तै सम्झौता गरेको भए, कुनै सम्झौता गरेको भए सायद सरकार लम्बिन्थ्यो होला । हामीले यो अप्ठयारो महशुस गर्नुपर्ने थिएन । तर हामीले कुनैपनि सम्झौता गरेनौ । म सरकारको बाध्यता बुझ्दछु, मलाई थाहा छ । जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो । त्यसै दिन रविलाई जसरी भएपनि हामी जेल कोच्छौंँ भन्ने सम्झौता भएको मलाई सूचना छ । मलाई कुनै चिन्ता छैन । व्यक्तिका रुपमा त झन मलाई कुनै चिन्ता छैन, धेरै चिज पाईसकेको छु । तर अभियानको रुपमा देशले आशा र भरोसा गरेको जुन देखियो, त्यो आशा र भरोसामाथि जुन प्रहार भएको छ । त्यो प्रहारलाई हामी सामना गर्नेछौं । म कुनैपनि किसिमको न्यायिक जाँच दिनका लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु । तर यो राजनीतिक पूर्वाग्रहमा खुलेर लडनका निम्ति पनि अपिल गर्न चाहन्छु । म सम्मानित अदालतप्रति आशा राख्दछु,विश्वास राख्दछु । भन्न त यहाँ अदालत पनि मिलाउला, तलाई कहाँ छोडौला र । तलाई चुनावनै लडन नसक्ने र तेरो पार्टीलाई नफुटाई नछोड्ने प्रतिशोधका साथ पनि मान्छेहरु लागेका छन् भन्ने मलाई थाहा छ । तर ती सबै कुराहरु सामना गर्ने साहस बोकेर हामी उभिएका छौं । म व्यक्तिका रुपमा तपाईहरुले साथ दिनुहोस् भनेर भन्दिन । तर अभियानका रुपमा नेपाली जनताले देखेको यो सपनालाई पूरा गर्नका लागि साथ दिन अनुरोध गर्न चाहन्छु । र म अन्त्यमा यति मात्रै भन्न चाहन्छु–मैले कुनैपनि किसिमको अपराध गरेको छैन । यो अपराध नगर्दा पनि जुन राज्यले सम्पूर्ण स्रोत लगाएर आफ्नो सम्पूर्ण शक्ति लगाएर यो जुन कार्य गरेको छ । यसलाई नेपाली नागरिकले हेरेका छन भन्ने मैले विश्वास गरेको छु । तर पनि म न्यायिक प्रक्रियामा सघाउने एउटा सचेत नागरिक भएको हुनाले म त्यसमा प्रतिवद्ध भएको जानकारी गराउँदै विदा चाहन्छु । यहाँहरु सबैलाई राज्यले गरेको यो दादागिरीलाई डटेर सामना गर्नका लागि साहस मिलोस भनेर पनि अनुरोध गर्दछु ।’ 
सभापति लामिछानेले केपी ओली नेतृत्वको वर्तमान सरकारको गठन नै आफूलाई जेलमा कोच्नका लागि भएको पनि बताउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनीका २ वटा विद्युतीय बसको परीक्षण सञ्चालन शुरु, दानपेटिका राखेर सञ्चालन
उपाध्यक्ष डा लामाको पहलमा लुम्बिनी विहार र होटल व्यवसायीको बिचको विवाद समाधान

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com