सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलबस्तुको आयोजनामा नेपालगंज उपमहानगरपालिका —१६ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेको एकिकृत चेक पोष्ट भवनमा सिमाबासी सँग सशस्त्र प्रहरी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सीमा बासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अनुरुप लुम्बिनी प्रदेश अन्तर्गत रहेका बाँके र बर्दिया जिल्लाका अन्तराष्ट्रिय सीमा संग जोडिएका स्थानिय निकायका वडाका वडा अध्यक्षहरु संग सीमा क्षेत्रहरुमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरीपैठारी नियन्त्रण, मानव बेचबिखन, सीमामा हुने अपराधिक गतिबिधी, साम्प्रदायिक तथा धार्मीक सद्भाव अभिबृद्धि, अवैध हातहतियार ओसारपसार नियन्त्रणको लागी सशस्त्र प्रहरी संग सीमाबासीले राखेको अपेक्षा, सीमा निगरानि तथा सहजिकरण लगायतका कार्यहरु सशस्त्र प्रहरी बल, नेपाल र स्थानिय तहहरु बिच हुने समन्वय र सहकार्य जस्ता बिषयहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उतm कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हे.क्वा.बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगी, नं.३१ गण हे.क्वा.बर्दियाका गणपति सशस्त्र प्रहरी उपरिक्षक चित्राङ्गत दाहाल, बाँके र बर्दिया जिल्लाका सीमावर्ति वडाका सम्पुणर् वडा अध्यक्षहरु, लगाएत बाँके र बर्दिया जिल्ला स्थित रहेका सशस्त्र प्रहरी बल नेपालका सम्पुणर् प्रस्ताबित सीमा सुरक्षा गुल्म, बिओपि, एफओबी पतिहरु समेतको उपस्थित रहेको