टर्किएले उत्तरी अंकारामा भएको आतंकवादी हमलापछि प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) विरुद्धको कारबाही बढाएको छ । ३१ प्रान्तहरूमा आयोजित राष्ट्रव्यापी आतंकवाद अपरेसनहरूमा पिकेकेसँग जोडिएका १७६ संदिग्धहरूलाई हिरासतमा लिइएको बताइएको छ । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले बन्दीहरूलाई पिकेकेको कार्यमा भाग लिएको बताउनु भयो । कारबाहीका क्रममा अधिकारीहरूले ठूलो मात्रामा इजाजत नभएका हतियार, शिकार गर्ने राइफल, लागुऔषधका साथै समूहसँग सम्बन्धित संगठनात्मक कागजात र डिजिटल सामग्री पनि बरामद गरेको बताएका छन् ।