About Contact
०६ पौष २०८१, शनिबार
Close
बिज्ञापन
सरकारले आर्थिक सुधारकाे प्रयास गरिरहेकाे छ : बिश्वकर्मा

दर्पणपाेष्ट बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

कार्तिक २९ । नेकपा एमालेका सचिव छबिलाल बिश्वकर्माले सरकारले आर्थिक सुधारकाे प्रयास गरिरहेकाे बताएका छन् । रूपन्देहीकाे देवदह प्रेस क्लबकाे तेस्राे साधारणसभा वर्तमान सरकारले जनअपेक्षा अनुरूप काम गरिरहेकाे दाबी गरेका हुन । पूर्वपश्चिम लाेकमार्ग निर्माणमा भइरहेकाे ढिलाइले जनताले सास्ती खेप्नु परेकाे उल्लेख गर्दै लाेकमार्ग निर्माण छिटाे सम्पन्न गर्न पहल गरिरहेकाे जानकारी दिए ।
देवदह क्षेत्रकाे सडक, सञ्चार र पर्यटनकाे विकासका लागि सबै क्षेत्रसंग सहकार्ग गरिरहेकाे बताए । नेता बिश्वकर्माले सकारात्मक साेँचका साथ प्रयास गरे सफल हुन सकिने धारणा राखे ।

संविधान सभा सदस्य नेत्र पन्थीले अर्कालाई पराजित गरेर विजय बन्न सकिन्छ भन्ने भ्रम त्याग्न आग्रह गरे । वेलुन फुटाउने प्रतियोगिताकाे उदाहरण दिदै आफ्नाे वेलुन जाेगाउने भन्दा पनि अर्काकाे वेलुन फुटाउन उद्दत हुँदा सबै पराजित हुने स्थीती बनेकाे बताए । सहकार्य र एकाताबाट सकारात्मक रूपान्तरणको दिशामा लाग्न आग्रह गरे ।

देवदह नगरपालिकका प्रवक्ता गणेश डुम्रेले देवदह नगपालिकाले देवदह प्रेस क्लबसंग सहकार्य गर्दै आइरहेकाे बताए । उनले देवदह प्रेस क्लबले सञ्चालन गरेकाे मिडिया कपमा देपदह नगरपालिका वडा नम्बर ५ ले पुरस्कारकाे व्यवस्था गरेकाे स्मरण गरे । देवदह ६ का वडा अध्यक्ष खेम बहादुर थापाले देवदह प्रचुर संम्भावना भएकाे नगरपालिका भएकाे बताए । उनले देवदहकाे विकट क्षेत्रकाे विकासका लागि पहल गरिदिन पत्रकारसंग आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका कार्यसमिति सदस्य टंक सुनार, देवदह वाणिज्य संघका अध्यक्ष हरि भण्डारी, बैज्ञानिक बन व्यवस्थापनका रूपन्देही महासचिव रामचन्द्र पाध्य र ईप्सा रूपन्देही अध्यक्ष राम बहादुर गुरूङ र सहकारी सञ्जाल देवदहका अध्यक्ष जागेश्वर पंगेनीले बाेलेका थिए ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनीका २ वटा विद्युतीय बसको परीक्षण सञ्चालन शुरु, दानपेटिका राखेर सञ्चालन
उपाध्यक्ष डा लामाको पहलमा लुम्बिनी विहार र होटल व्यवसायीको बिचको विवाद समाधान

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com