मंसिर ३० । जनमुक्ति पार्टीका महासचिव राम बहादुर परियार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । परियारलाई शनिबार रुपन्देहीमा माओेवादी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले स्वागत गरेका हुन् । नेता कार्यकर्ता सहित पार्टी प्रवेश गरेका परियारलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले दशबर्षे जनयुद्धका कारण दलित महिला मधेसी मुस्लिम लगायत सिमान्तकृत समुदाय राज्यको मुल प्रवाहमा पुग्ने अवस्था बनेको बताए । सिमान्तकृत समुदायको पक्षमा लड्ने एक मात्र पार्टी माओवादी भएको उल्लेख गर्दै प्राप्त उपलब्धिको रक्षाका लागि सबैै एकजुट हुनु पर्नेमा जोड दिए । जनता माओेवादी नै ठिक रहेछ भन्ने निश्कर्षमा पुगेको बताउँदैै अध्यक्ष प्रचण्डले पार्टी ८४ सम्म २०६४ अवस्थामा फर्कने दाबी गरे । पूर्वबाट माओवादीकोे उदय पुन सुरु भएको उल्लेख गर्दै उनले लुम्बिनीमा पनि यसको प्रभाव पर्ने बताए ।
नवप्रवेशी राम बहादुर परियारले माओवादी शोसित पिडित जनताको पार्टी भएका कारण माओवादी प्रवेश गरेको बताए । उनले अध्यक्ष प्रचण्ड जनताको नेता भएका कारण प्रचण्डको नेतृत्वमा मात्रै देश बनाउन संम्भव भएको बताए । माओवादी केन्द्र लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेवले माओवादी आन्दोलन थप शसक्त बन्दै गइरहेको बताए । उनले माओवादीहरु पून एकजुट भएर राष्ट्र निर्माणमा लाग्नु पर्नेमा जोड दिए ।