About Contact
०७ पौष २०८१, आइतबार
Close
बिज्ञापन
सशस्त्र प्रहरीद्घारा सुस्तामा निशुल्क स्वास्थ्य शिविर 

दर्पण पोष्ट आइतबार, पौष ०७, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नवलपरासीमा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ४२२ जना सीमावासीको स्वास्थ्य परीक्षणसँगै औषधी वितरण गरेको छ । शिविरमा ४२२ जना महिला र रुषको उपचार गरिएको थियो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर बेलासपुर, नवलपरासीले सुस्ता गाउँपालिकाको वडा नः.५ दिपक माध्यमिक बिद्यालयमा स्वास्थ्य शिविर सन्चालन गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर ,देवदह मेडिकल कलेज र ल्यानस क्लब अफ बुटवल शुभारम्भको संयुतm आयोजनामा कार्यक्रम भएको हो ।

शिविरमा ४२२ जनाको निःशुल्क उपचार गर्नुका साथै महिल तथा प्रसुति ,छाला ,हाड ,नशा, र दात सम्बन्धी विभिन्न प्रकारका औषधी निःशुल्क वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर बेलासपुर नवलपरासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले बताउनुभयो।

सो शिविरमा जिल्ला समन्वय समिती नवलपरासीका प्रमुख भगौती प्रसाद यादवको प्रमुख आतिथ्यता तथा सुस्ता गाउँपालिका अध्यक्ष ,जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सशस्त्र प्रहरीद्घारा सुस्तामा निशुल्क स्वास्थ्य शिविर 
लुम्बिनीका २ वटा विद्युतीय बसको परीक्षण सञ्चालन शुरु, दानपेटिका राखेर सञ्चालन

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com