About Contact
१८ पौष २०८१, बिहिबार
Close
बिज्ञापन
हरियाली सामुदायिक वन उपभोक्ता समुह सरावल -१ तिलकपुर को ११ औं वार्षिक साधारण सभा सम्पन्न

दर्पण पोष्ट आइतबार, पौष १४, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

हरियाली सामुदायिक वन उपभोक्ता समुह सरावल -१ तिलकपुर को ११ औं वार्षिक साधारणसभा समुहको थारु मिलन केन्द्रको सभाहलमा शनिबार सम्पन्न भएको छ । समितीका अध्यक्ष महेन्द्र कुमार चौधरीको अध्यक्षता तथा बर्दघाट सरावल सब डिभिजन वन कार्यालयको प्रमुख वन अधिकृत बलराम पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले सामुदायिक बनका उपभोक्ताले बन पैदावार मात्र उपभोग नगरी बनलाई हरियाली प्रबर्दन गर्नै तर्फ पनि लाग्नुपर्ने बताउनुभयो । साथै उहाले वनलाई हरियाली हराभरा बनाउन र स्वच्छ बाताबरणको लागि वनको संरक्षाणको जरुरि रहेको आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा संसारकोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कमल पराजुलीले शुभकामना मनतव्य राख्नुभएको थियो ।

सो अवसरमा समुहका अध्यक्ष चौधरीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएकाो थियो भनेसमुहको गत आ.व को प्रगती तथा आगामी बर्षको निति तथा कार्यक्रम सचिव गितादेबि चौधरीले प्रस्तुत गर्नुभएकोथियो । सो अवसरमा समुहका कोषाध्यक्ष ओम प्रकाश चौधरीले आ.ब. २०८०/०८१को यथार्थ आम्दानी तथा आ.ब. २०८१/०८२को अनुमानित आय ब्यय ६० लाख बराबरको बिबरण प्रस्तुत गर्न‘भएको थियो । त्यस्तै आन्तरिक लेखा समितिको प्रतिवेदन लेखा संयोजक हरि नारायण चौधरी प्रस्तुत गर्नुभएको थियो ।

सरावल गाउँपालिका वार्ड नं १,२,३ र रामग्राम न.पा वार्ड नंं १७ को करिब एक हजार ३२ घरधुरी उपभोक्तmा रहेको सामुदायिक बन २८९.८९ हेक्टर क्षेत्रफल रहेको छ।

सम्बन्धित

ताजा अपडेट
बालगायक सचिन परियारको निधन
पाल्पामा भारतीय नम्बर प्लेटको सवारी दुर्घटना हुँदा ६ जना घाइते

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com