पाल्पामा भारतीय नम्बर प्लेटको सवारी दुर्घटना हुँदा ६ जना घाइते

पाल्पा|पाल्पामा भारतीय नम्बर प्लेटको सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।पोखराबाट बुटवलतर्फ जाँदै गरेको बिआर २२ बिडी २०२३ नम्बरको स्कार्पियो जिप बगनासकाली गाउँपालिका ३ मा दुर्घटना भएको प्रहरीले जनाएको छ। सडकदेखि करिब १५० मिटर तल खसेको जिपमा सवार सबैको उद्दार गरि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार जारी रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो|