बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बझाङ।बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा केहीबेर अघि धमेना नजिकै जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए ।