सुनवल । नवलपरासी फोटोग्राफर संघको ५ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।संघका अध्यक्ष प्रेमप्रसाद गौतमको अध्यक्षतामा तथा नेपाल फोटोग्राफर संघका केन्द्रिय सदस्य चेतनारायण पाण्डे प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पाण्डेले फोटोहरूको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनले फोटोग्राफीलाई इतिहास र समाजको ऐना बताउँदै नवलपरासी फोटोग्राफर संघले सामाजिक प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे।
कार्यक्रममा केपी वेडिङ फोटो अवार्ड २०२४ मा नेपालभरबाट उत्कृष्ट १० भित्र पर्न सफल प्रवेश गौतम साथै उत्कृष्ट १०० भित्र पर्न सफल आलोक श्रेष्ठ र यज्ञमूर्ति भण्डारीलाई संघले सम्मान गरेको छ।
साथै बर्दघाट नगरपालिका-२ सुखौरा खुर्सानीबारीलाई पर्यटकीय स्थलका रूपमा चिनाउन आयोजना गरेको पदयात्रा तथा फोटो प्रतियोगितामा बिजेताहुने प्रथम प्रितम थारु,द्वितीय लक्ष्मण न्यौपाने र तृतीय मधुसुदन पराजुलीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य मनिष पन्थ, कमल तिवारी माधव पन्थ, शिवराज केसी,लुम्बिनि फोटो ग्राफर संघका अध्यक्ष तथा केन्द्रिय सदस्य दिनेश अर्याल, लुम्बिनी प्रदेश सदस्य थान प्रसाद डुम्रे,कपिलवस्तु फोटोग्राफर संघका उपाध्यक्ष लक्ष्मण चौधरी,सचिव कुमार तिवारीलगायतको उपस्थिति रहेको कार्यक्रमको संचानल नवलपरासी फोटो ग्राफर संघका महासचिव यज्ञमुर्ति भण्डारी गरेका थिए।
कार्यक्रममा पुराना तथा नयाँ फोटोग्राफर एबम सल्लाहकारहरुलाई सम्मान गर्दै संस्थाका गतिविधि उपलब्धि र भावी योजना प्रस्तुत गरिएका थिए।