About Contact
२३ पौष २०८१, मंगलबार
Close
बिज्ञापन
माओवादीकाे पक्षमा जनलहर देखियाे : बराल

दर्पणपाेष्ट आइतबार, पौष २१, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

पुस २० । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीकाे पक्षमा जनलहर देखिएकाे बताका छन् । माओवादी केन्द्र देवदह नगर कमिटीकाे चाैथाे नगर अधिवेशनमा बाेल्दै नेता बरालले माओवादी २०६४ कै रहेकाे दाबी गरेका हुन् । पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा जनपक्षीय काम गरेका कारण माओवादीकाे पक्षमा जनमत वढेकाे नतिजा उपनिर्वाचनले देखाएकाे बताए । माओवादी सकियाे भन्नेहरू माओवादीसंग डराएर गठवन्धन गर्दै हिड्ने अवस्था बनेकाे उल्लेख गर्दै भष्ट्रचार र वेथिती विरूद्ध उभिन नेता कार्यकर्तालाई निर्देशन दिए । उनले वर्तमान सरकारकाे काम प्रति काँग्रेस एमालेकै कार्यकर्ता खुसी नभएका कारण सरकार रक्षात्मक अवस्थामा पुगेकाे बताए । एमाले भित्रै प्रधानमन्त्री ओलीकाे विकल्पकाे खाेजी हुन थालेपछि भिम रावल लगायत नेताहरूलाई कार्वाही गरिएकाे बताए ।

माओवादीमा पछिल्लाे समय पद लिने तर काम नगर्ने प्रवृती देखिएकाे बताउँदै नेता बरालले पार्टीलाई समय दिन सक्ने नेतृत्व चयन आग्रह गरे । उनले हिजाेकाे याेगदानलाई सम्मान गर्दै वर्तमान काम गर्न सक्नेलाई पार्टीकाे दिनु पर्नेमा जाेड दिए । कार्यक्रममा केन्द्रिय सदस्य मक्सुद अली, जिल्ला संयाेजक निर्मल जिसी, जिल्ला सचिव सन्त बहादुर यादव, नगर ईन्चार्ज कल्पना सुवेदी लगाएत आ आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रम नगर कमिटीका अध्यक्ष गोबिन्द ठट्राईको अध्यक्षता, उपाध्यक्ष केशर बहादुर पुनको स्वागत र सचिव प्रशान्त गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
नारायणगढ जेसिज वर्ष २०२५ लाई पद हस्तान्तरण
वडा समितिलाई पुनर्ताजगीका लागि वडा भेला मार्फत नेतृत्व चयन

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com