About Contact
२६ पौष २०८१, शुक्रबार
Close
बिज्ञापन
अख्तियारको फन्दामा सहायक लेखापाल र विद्यालय व्यवस्थापन समिति सदस्य

 ज्ञानेश्वर साहनी शुक्रबार, पौष २६, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ५ गेर्मीमा स्थित राजनारायण मा.वि का सहायक लेखापाल र विद्यालय व्यवस्थापन समितिका सदस्यलाई अख्तियारको टोलीले बुधबार पक्राउ गरेको छ। भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि एक जना सेवाग्राही सँग घुस माङ गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलबाट खटिएको टोलीले बुधवार राजनारायण मावि विद्यालय बाट पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको प्रवक्ता नरहरी घिमिरेका अनुसार विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद काहारलाई सेवाग्राहीबाट ६५ हजार रुपैयाँ सहित रंगेहात नियन्त्रणमा परेका छन्। प्रवक्ता घिमिरेले भने–‘आज बिहानै देखि हाम्रो टोलिले निगरानी गरीरहेको थियो, लेखापालको कार्यकक्षबाट सेवाग्राहीबाट घुस लिइरहेको बेल रंगेहात पक्राउ गरेको छ।’ उनीहरु दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि आयोगको शाखा कार्यालय बुटवलमा लगिएको छ। प्रवक्ता घिमिरेले भने–‘अब थप कागजी प्रकृया मिलाएर भोली बिहीबार नै आयोगको केन्द्रिय कार्यालयमा पठाउँछौ र केन्द्रिय कार्यालयले मुद्धाको प्रकृया अगाढी बढाउँछ।’ ‘सामान्यतया रंगेहात घुस सहित पक्राउ परेका दुई जनाको जागिर त जाने नै भयो’ प्रवक्ता घिमिरेले भने–‘थप कारबाही अदालतको फैसलाका आधारमा हुन्छ।’

सम्बन्धित

ताजा अपडेट
नेपाल निजामती कर्मचारी युनियन शुद्धोधनको दोस्रो अधिवेशन सम्पन्न
अख्तियारको फन्दामा सहायक लेखापाल र विद्यालय व्यवस्थापन समिति सदस्य

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक

विमल भट्टराई

प्रधान सम्पादक

टंक बहादुर सुनार

समाचारदाता/ डेक्स

गोकर्ण पाण्डे

संवाददाता

प्रिया अधिकारी

लक्ष्मी तिमिल्सीना

नगेन्द्र केसी

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com