नेकपा माओवादी केन्द्र बुटवल वडा नं ११ काे निर्वाचित समितिलाई पद हस्तान्तरण

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल उपमहानगर वडा नं ११ को नवनिर्वाचित समितिलाई पद हस्तान्तरण गरिएको छ । सातौ अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष कमल भूषाल नेतृत्वको नयाँ कार्यसमितिलाई शुक्रबार कार्यभार हस्तान्तरण गरिएको निवर्तमान अध्यक्ष प्रकाश परियारले जानकारी दिए। सो अवसरमा बधाई व्यक्त गर्दै नेकपा माओवादी केन्द्र जिल्ला समिति रुपन्देहीका संयोजक निर्मल जिसीले माओवादीप्रति देशैभर लहर पैदा भएको बताए। पार्टीले संगठन बिस्तारका साथै आम जनताको मुद्दालाई प्रमूखताका साथ उठाउने कार्य गरिरहेको बताउँदै उनले पार्टीभित्र नेतृत्व चयनमा कुनै पनि हस्तक्षेप र दवाव विना सबै वडाहरुमा अधिवेशन गर्ने कार्य भइरहेको जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य सुजित बिक, प्रदेश सदस्य दीपा बिक, बुटवल नगर इन्चार्ज क्षितिज, पार्टीका बुटवल नगर अध्यक्ष महेन्द्र भूषाल, नेताहरु मनोज राना, दान बहादुर घर्ती, निर्वाचन समितिका संयोजक यज्ञमूर्ति पाण्डे लगायतले शुभकामना दिए । कार्यक्रममा पार्टीमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।