लुम्बिनी । लुम्बिनीमा थिङ्किङ रिच नेपालकाे आयाेजनामा सपनाको उडान र लुम्बिनीको संरक्षणमा स्थानीय विद्यार्थीको भूमिका बिषयक कार्यशाला गाेष्ठी हुने भएकाे छ । लुम्बिनी विकास काेषकाे समन्वयमा माघको १९ गते अन्तर्राष्ट्रिय सभाहलमा कार्यक्रम गर्न लागिएकाे थिङ्किङ रिच नेपाल अध्यक्ष दिनेश कुमार गुप्ताले जानकारी दिए ।
आयाेजकले जानकारी दिएकाे छ । कार्यक्रममा सहभागी हुन मेमाेरी किङ भनेर चिनिएका डा. नवल पंजियार लुम्बिनी आउनेछन् ।
कार्यक्रमले विद्यार्थीहरूमा शैक्षिक चेतना बृद्धी, नेतृत्व विकासकाे सीप प्रदान र मानसिक सन्तुलनसहित आत्मविकासको मार्गदर्शन गर्न सहयाेग पुर्याउने आयाेजककाे विश्वास छ ।
कार्यक्रममार्फत बुद्धका शान्ति र करुणाका शिक्षाहरूलाई पनि फैलाउन विशेष ध्यान दिइनेछ, जसले विद्यार्थीहरूमा मानवीय मूल्यहरूको विकास गर्न सहयोग पुर्याउनेछ।
कार्यक्रमले शैक्षिक सत्रहरूसँगै ध्यान र योगजस्ता विशेष सत्रहरू समावेश गर्नेछ, जसले विद्यार्थीहरूको मानसिक स्वास्थ्य र व्यक्तित्व विकासमा उल्लेखनीय प्रभाव पार्नेछ। “थिंकिंग रिच नेपाल” यस अभियानमार्फत नेपालका युवापुस्तालाई सशक्त बनाउने र समाजमा शान्ति र करुणाका मूल्यहरू स्थापित गर्ने दीर्घकालीन लक्ष्य राखेर कार्य गरिरहेको छ।
कार्यक्रमको प्रशिक्षक डा.पंजियारकाे नाममा तीन वटा विश्वरेकर्ड रहेकाे छ ।