नगेन्द्र केसी।रुपन्देहीमा सम्पन्न शुद्घोधन गाउपालिका १२ औ फर्साटिकर कप २०८१ को उपाधि आयोजक फर्साटिकर युवा क्लबले चुमेको छ । बुधबार भएको फाईनलमा अभिषेक चर्च, रहजरलाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आयोजक फर्साटिकर युवा क्लबले उपाधि हात पारेको हो।उपाधि संगै फर्साटिकर युवा क्लबले नगद ३ लाख ५ रुपैया, कप, मेडल, प्रमाणपत्र बाट पुरस्कृत भएको छ । उपविजेता अभिषेक चर्च रजहरले १ लाख ५० हजार ५ रुपैयासहित कप, मेडल, प्रमाणपत्र बाट पुरस्कृत भएको छ।प्रतियोगितामा भैरव एफसीका सुरज आले हाई स्कोरर, फर्साटिकर युवा क्लबका गोल किपर सुभान्कर जिसी उत्कृष्ट गोलकिपर र फर्साटिकर युवा क्लबकै नरेन्द्र चौधरी म्यान अफ द टुर्नामेन्टबाट पुरस्कृत भए । फर्साटिकर माबिको खेलमैदानमा बुधबार भएको फाईनल खेलमा फर्साटिकर युवा क्लबका आशिष रानाले खेलको छैटौ मिनेटमा गोल गरे । रानाले कर्नर प्रहारलाई आर्कषक गोलमा परिणत गरेका थिए । खेलको २५ औ मिनेटमा अभि लामाले गोल थपेका थिए । भने खेलको ३० औ मिनेटमा फर्साटिकरका खेलाडीले डिबक्स भित्र अभिषेक चर्च रजहरका खेलाडीलाई लडाए पछि पाएको पेनाल्टीमा अभिषेक चर्च रजहरका एरोन थापाले गोल गरे । यो गोलसंगै खेल अभिषेकको पक्षमा आयो । पहिलो हाफमा १ गोलले पछि परेको अभिषेक चर्च रजहरका लागि एरोनले बराबरी गोल गरे । निर्धारित समयसम्म २–२ गोलको बराबरी भएपनि खेल ट्राईबेकरमा धकेलिएको थियो।उक्त प्रतियोगिताको समापन समारोहमा फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरको अध्यक्षतामा र शुद्घोधन गाउपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्रमुख अतिथि बस्यालले प्रमुख रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो।सो कार्यक्रममा फुटबल संघका केन्द्रीय उपाध्यक्ष दिर्घ बहादुर केसी, जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, क्लबका अध्यक्ष मुकेश कुँवर, क्लबका संरक्षक चक्रबहादुर कुँवर, युवा उद्यमी रमेश खनाल, युवा व्यवसायी कमल बस्याल, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरू, खेल संयोजक अकर्मली खान, आर्थिक संयोजक सिद्धान्त भट्टराईले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियोे।