जिल्ला प्रमुखको निर्देशन पनि नटेर्दै तस्करी

नवलपरासीकाे सिमा नाकाबाट हुने तस्करी बढेकाे छ । रुपन्देहीसहित ग्रामिण भेगकाे अधिकांश नाकाबाट पहिला भन्दा अहिले तस्करी बढेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

मुख्य नाकामा सर्वसाधारणहरू माथि कडाई गर्दै आए पनि अन्य नाकाहरूबाट व्यापक रूपमा तस्करहरूलाई छुट दिएर तस्करी हुँदै आएको छ।

लुम्बनी प्रदेशका यी जिल्ला नवलपरासी र रुपन्देही बाट अहिले चोरी नाकाहरूबाट भन्सार छली नेपाल भित्र्याउने कार्य भइरहेको स्रोतले जनाएको छ। रूपन्देही,नवलपरासी नाकाहरूबाट मोबाइलका टेम्पल ग्लास , विभिन्न धातुका मूर्तिहरू,चिनी, ठूलो परिणाममा हुक्का फ्लेवर जस्ता समानहरू तस्करी भइरहेका छन् ।

अहिले नवलपरासीको गोपालपुर सिमानाकाबाट विभिन्न पंक्षीका जानवरहरूका पखेटाहरू मोटरसाइकलमा लोड गरी भारतबाट नेपाल छिराउने गरेका छन् ।

गोपालपुर नाकाबाट हुन्डीको कारोबार भइरहेको स्थानीयहरूले बताएका छन् । त्यस्तै यी नाकाबाट अहिले कपडा,मोबाइल, टेम्पल ग्लास, कपडा,चामुल,ठूलो परिणाममा निक्सने गरेको स्थानीयले बताएका छन्।

जिल्ला प्रशासन कार्यालय नवलपरासीका जिल्ला प्रमुखले केही दिन पहिला व्यापारहरूलाई बुझाई सम्झाई पनि नसम्झिएपछि राजनीतिको आडमा ठुला व्यापारीहरूले नटेर्दै तस्करी गराउँदै आएका छन् ।

त्यस्तै चिमन्टोला-गेरमी नाका बाट नेपालमा बढी मूल्य पर्ने हुक्का फ्लेवर धमाधम तस्करी गरी एक ठाउँमा जम्मा गरी बुटवल,काठमाडौँ पठाउने गरेको स्रोतले बताएको छ ।

केही महिना पहिला चाइनाले नेपालदेखि ठूलो रूपमा राँगाको मासु भित्र्याउने सम्झौता गरेको छ। नवलपरासीको बसहिया,पाँचपेडा,नाका बाट अहिले दिनहुँ २० र २५ भन्दा बढी राँगा भैँसी र खसीबोकाहरू भारतबाट नेपालतर्फ छिराउने गरेका छन्।

जिल्लको बसहिया ,गोपालपुर नाका देखि पपकर्न ( मकै ) राति हुने बित्तिकै व्यापक रूपमा नेपालबाट भारततर्फ भरियाहरूको सहयोगमा दिनहुँ तस्करी भइरहेको स्थानीयहरूले बताएका छन् ।