रुपन्देहीको शुद्धोधन गाउँपालिका अवस्थित सौ, फर्साटिकर सामुदायिक सिकाइ केन्द्र द्वारा सञ्चालित २ महिने एडभान्स सिलाइ कटाइ तालिम को समापन समारोह कार्यक्रम शनिबार रिद्धीसिद्धी पार्टीप्यालेसको सभाहलमा सम्पन्न भएको छ।सामुदायिक सिकाइ केन्द्र फर्साटिकरकाे आयोजनामा र शुद्धाेधन गाउँपालिका कार्यालय मानपकडीकाे आर्थिक सहयोगमा सो २ महिने एडभान्स सिलाई कटाई तालिम गरिएको थियो।सामुदायिक सिकाइ केन्द्र फर्साटिकरका अध्यक्ष रामेश्वरी सिंहकाे अध्यक्षतामा र शुद्धाेधन गा.पा अध्यक्ष विष्णुप्रसाद बस्यालकाे प्रमुख आतिथ्यतामा र शुद्धाेधन गा.पा प्रव्क्ता वडा नम्बर ४ का वडा अध्यक्ष केशव प्रसाद अधिकारीकाे विशिष्ट आतिथ्यतामा भएको समापन कार्यक्रममा शुद्धाेधन वडा नः४ का २० जना महिला हरूको सहभागी रहेको भएको कार्यक्रममा प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले पानशमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो।सो अवसरमा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने र आफुले सिकेका सीप लाई ब्यवहारमा ल्याउन आग्रह गर्दै यस सिलाई कटाई तालिममा उपस्थित भएकाले समूह बनाइ पसल खोली आत्मनिर्भर हुनु पर्नेमा जोड दिनुभयो।शुद्धाेधन गा.पा प्रव्क्ता वडा नम्बर ४ का वडा अध्यक्ष केशव प्रसाद अधिकारीले मानिसको जीवनमा सिप महत्वपूर्ण भएको र सिपले जीवनमा परिर्वतन ल्याउने मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके उसको जीवनमा परिर्वतन ल्याउने छ।जसले मेहनतका साथ सिप सिके सफलता हासिल गर्न कुनै समस्या नपर्ने बताउनुभयो । उक्त कार्यक्रममा शुद्धोधन कार्यपालिका सदस्य रुक्मणी चौधरी,सहभागिता बाट मालती विक,भित्री गाउँ टोल विकास संस्थाका अध्यक्ष रोमाकान्त अधिकारी,सि,एम,सि,का अध्यक्ष गीता पाण्डे,फर्साटिकर आमा समुहका अध्यक्ष कमला ढकाल,चामुण्डा सहकारीका अध्यक्ष शेरबहादुर काफ्ले
लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।संस्थाका उपाध्यक्ष नवराज आचार्यको स्वागतमा र संस्थाका सामाजिक परिचालन अन्जना रेग्मीकाे सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।
ब्रेकिंग