भुजहवामा‌ हत्या गरेको आरोपमा दुईजना पक्राउ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ भुजहवामा‌ हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

सरावल गाउँपालिका-७ भुजहवा घर भएका २२ वर्षीय अंगद चौहानको पुस २९ गते सोमबार राति हत्या गरेको अभियोगमा सरावल गाउँपालिका-७ भुजहवाका २ जना‌ लाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ।

सरावल गाउँपालिका-७ भुजहवा घर भएका २२ वर्षीय अंगद चौहानको आफ्नै घरमा हत्या भएको भन्ने खबर प्राप्त हुनुको साथ इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले शंकाको आधारमा उनिहरु लाई पक्राउ गरेको हो।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय नवलपरासीले आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएको छ।