चर्चामा अहिले “बसन्त” र “काली बग्यो सली सली” सार्बजनिक

अहिले सामाजिक संजालमा दुईवटा गित चर्चामा रहेका साझपर्यो झमक्क (वसन्त), काली बग्यो सली सली साझ पर्यो झमक्क प्रकाश सपुतको सृजना हो । उनको आउदै गरेको आफ्नो चलचित्र “वसन्त” को गित हो । प्रकाश सपूत आफैमा एउटा ब्राण्ड हो । यसैबिचमा अर्को गित “काली बग्यो सली सली” ले पनि आफुलाइ स्थापित गर्दैछ । पहिलेका सृजनामा भन्दा “साझ पर्यो झमक्क” गितमा कमजोर देखिएका सपुतको फाइदा “काली बग्यो सली सली” लाई पुगेको छ । फिल्मी शैलीमा पुरानो कथालाइ प्रस्तुत गरेको गित “काली बग्यो सली सली” मा लोक दोहोरी गायक लक्ष्य विश्व र चर्चित गायिका शान्ति श्री परियारको आवाज रहेको छ । गितको परिकल्पना साथमा शब्द अनि सङ्गीत रन्जित सुनारले गरेका छन | गित मा सति प्रथा लाई झल्काइएको छ जुन पक्ष गित सुन्दा र भिडियो हेर्दा अब्बल देखिन्छ । त्यसो त गायक बिश्व को आवजलाइ दर्शक ले प्रकाश सपुतको जस्तै आवज भनेर झुक्किएका पनि छन । जे जे होस फाइदा भने “काली बग्यो सली सली” लाई नै छ ।

निर्देशक तथा कोरियोग्राफर जेरि भण्डारीको काम पनि  उत्कृष्ट छ । उनले भिडियो निकै उत्कृष्ट बनाएका छन । फिल्मी शैलीमा मौलिक नृत्यसङ्ग जोडिएर हेर्ने दर्शकलाइ मनोरञ्जन दिएका छन । भिडियोमा स्मारिका ढकाल अनि आशिष बिश्वकर्माको अभिनय पनि अब्बल छ । कलाकारको अभिनय कतै पनि ढलमलाएको छैन एकैनास बगिरहेको छ जुनकुराले दर्शकलाइ आकर्षित गरेको छ । गितको एरेन्ज मदन के. सि, ध्वनी मिश्रण श्यामश्वेत रसाइली, छायांकन देब दोर्जे लामा, सम्पादन नवीन घर्ती मगरले गरेका हुन । समग्रमा सबैको काम उत्कृष्ट छ । गित Lakshya Bishwo युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।