लुम्बिनी । भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा नेपाल र भारतका खेलाडीको सहभागिता रहने क्रिकेट प्रतियोगिता इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट हुने भएको छ । लुम्बिनी नव युवा क्लबको आयोजनामा माघ १२ गतेदेखि २६ गतेसम्म इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट पिएल पिएलको साँतौँ संस्करण हुन लागेको पत्रकार सम्मेलनमा गरेर आयोजकले जानकारी दिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरिया खेल मैदानमा हुने प्रतियोगितमा नेपालको १६ टिम र भारतको १६ टिम गरि जम्मा ३२ टिम सहभागीता रहने क्लबका अध्यक्ष अहमद हुसेनले बताए ।
प्रतियोगितमा विजेताले २ लाख २५ हजार र उपविजेताले १ लाख नेपाली रुपैयाँ ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने म्यान अफ दि म्याचले १६ हजार, अनुशासित खेलाडीले, वेस्ट ब्याट्सम्यान र वेस्ट वलर ८-८ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियैगिता सञ्चालन गर्न १७ लाख खर्च हुने अनुमान गरिएको छ । खर्च व्यवस्थापन लुम्बिनी प्रदेश खेलकुद परिषद् लुम्बिनी साँस्कृतिक नगरपालिका र स्थानीयको सहयोगद्धार गरिनेछ ।