रुपन्देही । रुपन्देहीको शुद्धोदन ३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा २१औ वार्षिकोत्सव क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन QAA प्रमाणीकरण भएको शुभ अवसरमा आयोजित विशेष सामारोह बुधबार सम्पन्न भएको छ।विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुर नेपालद्वारा आयोजित कार्यक्रममा रुपन्देहीको शुद्धोदन ३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस लाई शैक्षिक गुणस्तर आश्वासन र मान्यता परिषद्को सिफारिसमा विश्वविद्यालय अनुदान आयोगले विधिवत रूपमा संस्थागत प्रमाणीकरणको प्रमाणपत्र प्रदान गरेको सो कार्यक्रम क्याम्पस प्रमुख टंक पौडेलले बताउनुभयो। २१औ वार्षिकोत्सव क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन QAA प्रमाणीकरण भएको शुभ अवसरमा आयोजित विशेष सामारोहमा क्याम्पस संचालक समितिका अध्यक्ष सोमनाथ शर्माको अध्यक्षतामा र लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयका माननीय धनेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि कार्कीले पानशमा दिप प्रज्वलन गरि उद्घाटन गर्दै यस यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस लाई शैक्षिक गुणस्तर आश्वासन र मान्यता परिषद्को सिफारिसमा विश्वविद्यालय अनुदान आयोगले विधिवत रूपमा संस्थागत प्रमाणीकरणको प्रमाणपत्र प्रदान गरेकोमा शुभकामना व्यक्त गर्दै यस क्याम्पसलाई प्रदेश सरकारबाट हुने सहयोगीको लागि पहल गर्ने प्रतिबद्धता गर्नुभयो।लुम्बिनी प्रदेश, प्रदेशसभा सदस्य माननीय जमुना ढकालले यस क्याम्पसका सबै व्यवस्थापन समितिका पदाधिकारी, क्याम्पसका प्रधानाध्यापक हरु,दानवीर हरु अभिभावकहरू को मेहनतले यस क्याम्पसले फड्को मरेकोमा सबै लाई शुभकामना दिनुभयो।लुम्बिनी प्रदेश योजना आयोग सदस्य शान्ता ढकाल,संविधानसभा सदस्य सोनिया यादव,पुर्व लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा चौधरी,निवर्तमान सञ्चालक समिति अध्यक्ष रमेश खनाल,नेपाली कांग्रेस शुद्धोदनका अध्यक्ष दामोदर पौडेल,नेकपा एमाले शुद्धोदनका अध्यक्ष राजेन्द्र कडेल,राष्ट्रिय स्वतन्त्र पार्टी शुद्धोदनका अध्यक्ष बौद्धलाल शर्मा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।सञ्चालक समिति सदस्य रामप्रसाद खनालको स्वागतमा र सहायक क्याम्पस प्रमुख भेषराज ढकालको सञ्चालनमा सो समारोह सम्पन्न भएको थियो।
ब्रेकिंग