गृहस्थ बाैद्ध जागरण अभियान नेपाल घाेषणा

लुम्बिनी । बाैद्ध शिक्षाकाे माध्यमबाट समाजमा विद्यमान अन्धविश्वासकाे अन्त्य गरि शान्त, सम्वृद्ध र समतामूलक समाज निर्माण गर्ने उद्देश्य सहित गृहस्थ बाैद्ध जागरण अभियान नेपाल घाेषणा भएकाे छ । बुधबार भगवान बुद्ध जन्मस्थल लुम्बिनीमा पत्रकार सम्मेलन गरेर शम्भु रानाकाे अध्यक्षतामा संस्थाकाे घाेषणा गरिएकाे हाे । जसकाे महासचिवमा कृष्ण लामा र काेषाध्यक्षमा लक्ष्मण बिश्वकर्मा रहेका छन् । भुगाेल र समावेशीताकाे आधारमा चार जना कार्यसमिति सदस्य पछि थप गरिने संस्थाले जनाएकाे छ ।

आगामी तीन महिनाभित्र सातै प्रदेशमा अभियान सञ्चालन गरिने र प्रारम्भिक चरणमा २०८१ माघ २५ गते चितवनकाे भरतपुरमा पहिलाे जागरण कार्यक्रम गर्ने याेजना तय भएकाे संस्थाका महासचिव कृष्ण लामाले जानकारी दिए । संस्थाले एक बर्षभित्र सातै प्रदेशमा अभियान मण्डल गठन गरेर सरकारी तथा गैरसरकारी संस्थाहरूसंगकाे साझेदारीमा बुद्ध दर्शन प्रचारप्रसार र सामाजिक रूपान्तरणका दीर्घकालीन कार्यक्रम गर्ने उद्देश्य राखेकाे छ ।

संस्थाकाे केन्द्रीय कार्यालय चितवनमा राख्ने तयारी गरिएको छ । सदस्यता शुल्क, दातृ निकायकाे सहयाेग, स्वयमसेवी याेगदान र दान सहयाेगबाट संस्था सञ्चालन गरिने संस्थाका काेषाध्यक्ष लक्ष्मण बिश्वकर्माले जानकारी दिए ।