बाँदरको वन्ध्याकरणका लागि आवश्यक कानून बनाउन विज्ञको सुझाव

‘बाँदर नियन्त्रणका लागि स्थानीय तहलाई जिम्मेवार बनाउनु पर्छ’
बाँदर आतंक कम गर्न बाँदरको वन्ध्याकरणको लागि आवश्य ऐन, कानून बनाउन संसदीय समितिलाई विज्ञहरुले सुझाएका छन् ।

बुधवार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनीहरु यस्तो सुझाव दिएका हुन् । बैठकमा बोल्दै नेपाल भेटेनरी एशोसिएशनका महासचिव डा. केदार सुवेदीले कानून निर्माणको माध्यमबाट बाँदर आतंकको समस्या दीर्घकालिन रुपमा समाधान गर्न सकिने बताउनु भयो । उहाँले उहाँले बाँदर नियन्त्रणका लागि सातवटै प्रदेशहरुमा भौतिक संरचना निर्माण गर्न समेत जरुरी रहेको बताउनु भयो । उहाँले बाँदरको आतंक कम गर्न कानून निर्माणमा जोड दिनुको विकल्प नरहेको बताउनु भयो ।
डा. सुवेदीले भन्नुभयो, ‘सरकारले बाँदर नियन्त्रणका लागि एउटा टेम्पोररी कानून मात्र बनाएको छ मुद्दा नलाग्ने भनेको छ । कृषि मन्त्रालय वा वन मन्त्रालयबाट कानू नै बनाएर बाँदर आतंकको समस्या दीर्घकालिन रुपमा समाधान गर्न सकियो भने चाहीँ बाँदरको वन्ध्याकरण गर्ने कानूनी आधार खुल्छ भन्ने लाग्छ । अर्को, हामीले भौतिक संरचनाहरुको व्यवस्था, उपकरणहरुमा मोबाइल भ्यानको व्यवस्था सातवटै प्रदेशमा राख्न  सकिन्छ । यस विषयमा कृषि समिति, कृषि मन्त्रालय र वन तथा वातावरण मन्त्रालय जिम्मेवार भएर प्रश्तुत भइदिनुहुन्छ भन्ने विश्वास पनि लिएको छु । बाँदरको स्थानान्तरण गर्ने, जंगल र बस्तीबीचको दूरी कायम गर्ने, हेरालुहरु राख्ने, बाँदरलाई मन पर्ने रुख बिरुवाहरु र फलहरु जंगलमा लगाउने, बाँदर निर्यात गर्ने आदी विषयमा व्यापक छलफल र सहमति जनाउन जरुरी छ ।’

बैठकमा बोल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलले बाँदर वन्ध्याकरणबारे राष्ट्रिय नीति र रणनीतिमा छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले बाँदर बढेको क्षेत्रमा केन्द्रित रहेर बन्ध्याकरण भन्दापनि प्राकृतिक रूपमै कम हुने किसिमका उपाय खोज्नुपर्ने बताउनु भयो । उहाँले बाँदर नियन्त्रणका लागि स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने बताउनु भयो । जंगलमा मृगहरु कम भएको कारण चितुवाले घरपालुवा जनावरहरुमा आक्रमण गर्ने भएको कारण कानून निर्माणका क्रममा यस कुरालाई गम्भिर रुपले हेर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पशुस्वास्थ्य कै कानूनमा अथवा राष्ट्रिय निकुञ्जहरुको ऐन नियमहरुमा परिवर्तन गरेर बाँदरको वन्ध्याकरण गर्न सकिने एउटा व्यवस्था गर्नुपर्छ । यसका लागि कानूनी विषयहरुमा र रणनीतिक विषयहरुमा छलफल गर्न जरुरी छ । अर्को, बाँदरको इकोलोजीको बारेमा विज्ञसँग छलफल गरेर प्राकृतिक रुपमै पनि नियन्त्रण गर्न सकिन्छ । रिप्रोडक्सनको समयमा मेल बाँदर र फिमेल बाँदरलाई सेग्रिगेसन गर्न सकियो भने पनि त्यसले केही सहयोग गर्नसक्छ । सजिलो सस्तो प्रविधि पनि हो । जंगलमा मृगहरु कम भएको कारणले चितुवाले घरपालुवा जनावरहरुमा आक्रमण गर्न सक्ने खतरा समेत भएको हुनाले यो कुरालाई पनि ध्यान दिन जरुरीkedar subedi छ ।’

बैठकमा सांसदहरुले बाँदरले कृषि बाली नष्ट गर्दा गाउँ नै रित्तिदै गएको कारण बाँदर व्यवस्थापनमा ढिलाई गर्न नहुने बताउनु भयो । बाँदरको बन्ध्याकरणका लागि आवश्यक उपकरण र केन्द्र स्थापना गर्नुपर्ने, बन जङ्गलमा बाँदरका लागि खाना पानीको व्यवस्थापन गर्नुपर्ने विज्ञहरुको माग छ ।