दोस्रो थकाली युवा राष्ट्रिय भेला सम्पन्न, रुपन्देहीका चित्रलाल तुलाचन अध्यक्षमा निर्वाचित

 कञ्चन ।  थकाली युवा परिवार केन्द्र नेपालको दोश्रो राष्ट्रिय महाधिबेशन सम्पन्न भएको छ। बुटवलमा बिहीबार सम्पन्न दोस्रो थकाली युवा परिवार केन्द्रको राष्ट्रिय भेला एवं महाधिवेशनले रुपन्देही कञ्चनका चित्रलाल तुलाचनको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको छ । महाविधेशनले आगामी ३ वर्षका लागि कञ्चन गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका तुलाचन यस अघि थकाली युवा परिवार केन्द्रका उपाध्यक्ष हुनुन्थ्यो । महाधिबेशनले केन्द्रको वरिष्ठ उपाध्यक्षमा नवीन शेरचन (थासाङ क्षेत्र), महिला उपाध्यक्षमा बालिका शेरचन थकाली (स्याउलीबाङ, प्युठान), सचिवमा प्रकाश शेरचन (बुर्तिबाङ, बाग्लुङ), सहसचिवमा मन्दिप गौचन (बुटवल), कोषाध्यक्षमा सरोज शेरचन (बुटवल) र सहकोषाध्यक्षमा रक्षा शेरचन (काठमाडौंं) लाई चयन गरेको छ । यसैगरी, सदस्यहरुमा निशान तुलाचन (थासाङ), योगेश गौचन (कुस्मा, पर्वत), टेकबहादुर शेरचन (दरबाङ, म्याग्दी), राजन शेरचन (टीकापुर, कैलाली), सिमरन शेरचन (मुग्लिन), प्रदीप भट्टचन (पोखरा), सुशील शेरचन (भैरहवा), विवेक शेरचन (भैरहवा) र विजय भट्टचन (बेनी, म्याग्दी) लाई चयन गरेको छ ।अध्यक्षले तीन जना सदस्य मनोनीत गरेसँगै कार्यसमिति १९ सदस्यीय हुने छ ।

बुटवल स्थित फ्लामिङ्गो होटलमा सम्पन्न महाधिवेशनको अवसरमा बुधबार पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन र साहित्यकार मनिषा गौचनलाई सम्मान गरिएको थियो । यसैगरी प्रभु बैंकका सीईओ अशोक शेरचन, चलचित्र निर्देशक दीपेन्द्र गौचन हाल इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट (आईआईडीएस)का कार्यकारी निर्देशकका रूपमा कार्यरत विश्वास गौचनलाई सम्मान गरिएको थियो । महाधिबेशनमा पोखरा, काठमाण्डौ, बुटवल, भैरहवा लगायतका १९ क्षेत्र र बिदेशमा ३ क्षेत्र गरी २२ क्षेत्रबाट करिब ७५ जना भन्दा बढी प्रतिनीधि तथा प्रयवेक्षकको सहभागिता रहेको थियो। दुई दिनसम्म संचालन भएको महाधिवेशनमा थकाली युवाहरुका लागि थकाली अर्थविज्ञहरु, आदिवासी जनजाति युवा महासंघ, थकाली अनुसन्धान केन्द्र तथा युवा थकाली व्यवसायीहरुबाट उद्यमशीलता सम्बन्धी ज्ञान प्रशिक्षण समेत संचालन गरिएको थियो। प्रतिनीधि सभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गर्नु भएको महाधिबेशनमा प्रतिनिधि तथा प्रवेक्षक गरी ७५ जना प्रतिनिधिहरु सहभागी भएका थिए ।