तिलाेत्तमा नगरस्तरीय फर्निचर अनुगमन उपसमिति गठन

बुटवल । फर्निचर उद्याेग संघ रुपन्देहीले तिलाेत्तमा नगरस्तरीय फर्निचर अनुगमन उपसमिति गठन गरेकाे छ । जिल्ला उपसमिति संयाेजक जीवकान्त काफ्लेकाे अध्यक्षतामा बसेकाे बैठकले अनिरूद्र खनालकाे संयाेजकत्वमा ७ सदस्यीय समिति गठन भएकाे हाे । जसकाे सचिवमा केसव ज्ञवाली सदस्यहरु गोविन्द सारु ,रामचन्द्र कंडेल ,रुपेस गौतम ,मोहन शाह रहेका छन् । संघले रूपन्देहीका सबै स्थानीय तहमा अनुगमन समिति गठन गर्ने उद्धेश्य राखेकाे छ ।