
देवदह। देवदह आदर्श बहुमुखी क्याम्पस र निमार्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्यमा आज वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ । कार्यक्रममा मोतीराम ढकालको अध्यक्षतामा देवदह आदर्श बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बासुदेव रिमालको प्रमुख आतिथ्यता, देवदह आदर्श बहुमुखी क्याम्पसको आयोजनामा निर्माण बहुउद्धेशीय सहकारी संस्थाका शेयर सदस्यलाई तालिम दिइएको हो । उक्त तालिममा ४० जना सेयर सदस्य सहभागी रहेका थिए ।
उक्त तालिम आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जयकिसन अधिकारीले प्रशिक्षक गरेका थिए । त्यसै गरि तालिममा सहभागी सेयर सदस्यहरुलाई लगत्तै निर्माण सहकारीले लहरे बालीको बेर्ना समेत वितरण गरेको थियो ।
उक्त कार्यक्रम चरङ्गे सेवा केन्द्रका प्रमुख एकनायण रिजाल , देवदह आदर्श बहुमुखी क्याम्पसका सहयाक प्रमुख नविन श्रेष्ठ , निर्माण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष अमृत बहादुर फुल्लेल , विभिन्न राजनीतिक दल , विभिन्न संघ संस्था र समाजसेवी व्यक्तिहरुको आतिथ्यता रहेको कार्यक्रममा सहकारी संस्थाका अध्यक्षता मोतीलाल ढकालको स्वागत मन्तव्य, सहकारी संस्थाको व्यवस्थापक सुशीला भन्डारी ले सहजीकरण गर्नु भएको थियो ।