छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८१ को टिकट शुल्क निर्धारण

 दाङ । यही फागुन २ गतेदेखि १८ गतेसम्म घोराहीमा आयोजना हुने ‘छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को टिकट शुल्क निर्धारण गरिएको छ । आयोजक समितिका अनुसार महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई १ सय रुपैयाँ तथा परिचयपत्र लिएर आएका विद्यार्थीलाई ८० रुपैयाँ टिकट शुल्क लाग्नेछ ।

 

टिकट व्यवस्थापन उपसमितिका संयोजक माधव खनालका अनुसार जेष्ठ नागरिक, अपांग र अशक्त व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘उद्योग, व्यापार, कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ घोराही १४, झिँगौरामा महोत्सव आयोजना गरिँदैछ । महोत्सव फागुन २ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार महोत्सवमा कृषि, पर्यटन, व्यापार, तथा मनोरञ्जनसँग सम्बन्धित विभिन्न स्टल तथा कार्यक्रमहरू समावेश गरिने छन् ।