मगर राष्ट्रिय मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलन बुटवलमा हुने

बुटवल । नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । फागुन २८ र २९ गते मगर भाषा संस्कृति र मगराँत भूमी हाम्रो शान, समता, समृद्धि र सुशासनको लागि पूर्ण समानुपातिक निर्वाचन भन्ने मूल नाराका साथ सम्पन्न हुने सम्मलेनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड” ले गर्नेछन् । फागुन २८ गते बुटवल ट्राफिक चोकमा हुने उद्घाटन समारोहमा प्रचण्डका अलवा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिवद्धय वर्षमान पुनमगर र जनार्दन शर्मा, सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य ओनसरी घर्ती, मगर मोर्चाका इन्चार्ज सुरेश आलेमगर लगायत एक दर्जन वढी नेताहरुको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।

राष्ट्रिय सम्मेलन विशेष बनाउन मगर समुदायको मौलिक पोशाकसहितको साँस्कृतिक झाँकी प्रस्तुत गरिने र विभिन्न स्थानबाट ¥याली निकालिने मगर मुक्ति मोर्चाका प्रवक्ता जीवन रोक्काले जानाकारी दिए । सम्मेलनको बन्द सत्र तिलोत्तमा स्थित दरबार लन पार्टी प्यालेसमा २८ गते साँझ ६ बजेबाट सुरु हुनेछ । सम्मेलनमा सातै प्रदेश र विदेश विभागका गरी १,५०० प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन । सम्मेलनले मोर्चाको विधान, प्रतिवेदन पारित गर्नुका साथै नयाँ केन्द्रीय समिति चयन गर्नेछ । यस अघि, मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको थियो । सम्मेलनमा करिब २ हजार जनाको सहभागिता गराउने तयारी भइरहेको मोर्चाका अध्यक्ष गणेश सलामी मगरले जानकारी दिए ।