
नवलपरासी । नेकपा माओबादी केन्द्रिय टोलीलाई माओबादी पार्र्टी कार्यकरताको घरमा बस्ने तयारी गरिँदै ।
माओबादी जनयुद्धमा बेपत्ता रहेका राजुराम पौडेलको घरमा बस्ने खाने व्यवस्था मिलाईको नेकपा माओबादी केन्द्र बर्दघाट नगरकमिटीका अध्यक्ष तजेन्द्र पुर्जाले बताउनु भयो ।
राजु राम पौडेल विद्यार्थी नेता थिए ।उनलाई २०५८ साल फागुन २५ गते पोखराको नदिपुरबाट प्रहरीले गिरफतार गरी बेपत्ता परेको थियो । आज मंगलवार बेलुका बर्दघाट–४ स्थित शिवनगरमा रहेका कार्यकरताहरुको घरमा राती बस्ने खाने व्यवस्था मिलाएको अध्यक्ष पर्जाले बताउनु भयो ।
तराई मधेश जागरण अभियान अन्तरगत बैशाख १ गते देखि नवलपुरको गैडाकोटबाट पुन सुरु भएको अभियान टोली मंगलवार बेलुका पशिचम नवलपरासीको वर्दघारटमा आउने माओबादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य गोपी ज्ञवालीले बताउनु भयो ।
उनको अनुसार प्रचण्ड सहितको टोलीलाई भिन्दा भिन्दै कार्यकरताको घरमा बसन खाने व्यवस्था मिलाइएको छ ।
बुधवार सहिद स्मृति समुदायिक अस्पताल चौपतको प्राङगणमा रहेको सहिद सुर्य विक्रम थापाको सलिमकमा माल्य अर्पण गरेपछि अन्य राजनितिक भेटघाट कार्यक्रम तय गरेको ज्ञवालीले बताउनु भयो । प्रतापपुर गाउँपालिका–९ गंगापुरमा कार्यकरताको घरमा खना खाने तथा पार्टी कार्यकरताहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको ज्ञवालीको भनाई छ ।
संघिय निर्वाचन क्षेत्र नं २ अन्तरगत पाल्हीनन्दन गाउँपालिकाको विष्णुपुरा राधाकृष्ण माध्यमिक विद्यालयको प्राङगणमा बुधवार दिउसो जागरण सभा गर्ने तथा सदरमुकाम परासी स्थित परासी कयाम्पसमा पत्रकार, मानोअधिकार, बुद्धजीवी लगायत संग अन्तरकृया गर्ने कार्यक्रम रहेको नेकपा माओबादी पश्चिम नवलपरासीको कार्यालयले जानकारी दिएको हो ।