तस्करीको राजमार्गमा नेपाल सुरक्षाकर्मीको सेटिङमा विषालु माछा, खसी, राँगा कुखुरा, कानुन र मुलुकमाथि सीधा हमला!

 

नवलपरासी ।  नवलपरासीको भुजहवा नाकाबाट भारतीय माफियासँग मिलेर सशस्त्र प्रहरी अधिकारीहरूकै मिलेमतोमा हजारौं टन विषालु माछा, खसी, राँगा र कुखुरा हरेक रात नेपाल भित्र्याइँदैछ।

 

फर्मालिनजस्तो घातक रसायन प्रयोग गरी भारतबाट ल्याइने माछा खुलेआम बेचिनु, नेपालको खाद्य अधिकार ऐन २०७५, आपूर्ति व्यवस्था ऐन २०५३, र प्राणिज जीवजन्तु स्वास्थ्य तथा कल्याण ऐन २०७५ माथिको ठाडो धावा हो। यी ऐनहरू अनुसार, स्वास्थ्यमा खतराको सामान बिक्री वितरण गर्दा जेल सजाय र जरिवाना अनिवार्य छ।

 

तस्करीमा संलग्न सुरक्षा अधिकारीलाई सरकारी पद दुरुपयोग अन्तर्गत भ्रष्टाचार मुद्दा लाग्ने प्रष्ट व्यवस्था छ। तर यी कानुन आज मूकदर्शक बनेका छन्।

 

भारतीय व्यापारी अमिन मियाँ, माष्टर गुड्डो, र आजाद, जसको सेटिङ सशस्त्र प्रहरी बल २६ नम्बर गणका गणपति (एसपी) सन्तोष रायमाझी र सई सत्यनारायण यादवसँग खुलेआम छ।

 

स्थानीय उद्योग सिध्याउने षड्यन्त्र: ह्याचरी, मत्स्यपालन, बाख्रापालन, डेरी व्यवसाय आज अस्तित्व संकटमा छन्। जनस्वास्थ्यमा बम: फर्मालिन मिसिएको माछाले क्यान्सर, मिर्गौलाको खराबी, गर्भपतन जस्ता गम्भीर रोग निम्त्याउँछ। राजस्व घाटा: राज्यको कर प्रणालीलाई तस्करीले किच्दै छ। अरबौं राजस्व गुमिरहेको छ। प्रशासनमाथिको जनता अविश्वास: प्रहरी तस्करीमा संलग्न हुँदा कानुनमाथि विश्वास हराउँदैछ।

 

केही दिनअघि अमिन मियाँबाट तस्करी गरिएको कुखुरा बरामद गरिएको थियो। तर मियाँ स्वतन्त्र छन्, किनकि त्यो बरामद ‘दबाब व्यवस्थापन’ गर्न गरिएको नाटक थियो भन्ने आशंका उब्जिएको छ।