आफ्नै नीति मिचेर बर्दघाट नगरपालिकाले चोरी पैठारीलाई प्रोत्साहन, जरिवाना रकम मिलेमतोमा घटाउँदै

 

नवलपरासी । नवलपरासी (बसुप) जिल्लाको बर्दघाट नगरपालिकाले आफुले बनाएको नीति आफैले मान्दैन अर्थात स्वार्थमा लागेर कार्यान्वयन गर्दैन । नगरले नदिजन्य पदार्थ चोरी पैठारिमा सम्लग्न ढुवानिका साधन पक्रने र जरिवाना लिने नीति अवलम्बन गरेको छ। नगरले खजुरी खोलाको नदिजन्य पदार्थको अबैध उत्खननमा कढाई गरेको बेला बखतमा सुन्न पनि पाइन्छ। नगरले अबैध उत्खननमा सम्लग्न साधनलाई न्यून गर्न भन्दै उच्च जरिवाना राखेको पनि बताउछ । यो हेर्नुस जरिवानाको दर: पहिलो पटक ट्र्याक्टर समातिए ४००००( चालीस हजार), दोश्रो पटक समातिए ६०००० ( साठी हजार) र तेश्रो पटक समातिए ९००००(नब्बे हजार) रुपैया जरिवाना तोकेको छ। तर नगरले बारम्बार चोरिमा सम्लग्न साधनलाइ निरुत्साहन गर्नु पर्नेमा प्रोत्साहन स्वरुप जरिवाना रकम मिलेमतोमा घटाएर लिने गरेको छ। मिति २०८१/०७/०८मा लु३ त ६१५ न को ट्र्याक्टर सङ चालीस हजार जरिवाना लिएको नगरले पुन: २०८१/११/२९ मा उहीँ ट्रयाक्टर समातिदा चालीस हजार रुपैया लिएर छोडेको छ। त्येस्तै २०८१/०९/२८मा लु ४ त ५९७४को ट्र्याक्टरलाइ साठी हजार( ६००००) जरिवाना तिराएको देखिन्छ। यो रकम पटके अनुसार दोश्रो पटक समातिदा तिरेको जरिवाना हो। तर त्येही ट्राक्टरले पुन: मिति २०८१/११/२९ मा जरिवाना तिर्दा चालीस हजार(४०,०००) तिरेर उम्किएको छ। अर्थात नगरले आफ्नो निर्णय आफैले लत्याएर चोरी पैठारिलाइ प्रोत्साहन गरेको छ भने नगरलाई प्राप्त हुने राजस्वमा समेत असर पारेको छ। कुन कुन ट्रयाक्टरले तिरे कति जरिवाना: यो हेर्नुस